जीवन पाण्डे वैशाख ३० । बडिगाड गाउपालिकाको कार्यपालिका बैठकमा पालिका भित्र रहेका अति विपन्न गरिव र दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आईरहेका घरधुरीलाई मात्र राहत वितरण गर्ने भनी प्रत्येक वडामा प्रदेश सरकारले तोके अनुसार ३ हजार दस रुपैयाँको खाद्यान्न सामाग्री बितरण गर्ने निर्णय गरेको थियो ।
तर वडा न. ०९ मा भने त्यति ले पुगेन । राहत वडामा आएको थाहा पाएपछि खान नै नपुगेको भन्दै धेरैको संख्यामा पिडित परिवारहरु आए । र वडाले वास्तविक पिडित पहिचान गरि वडामा रहेका कुल ५ सय ६ घरधुरी मध्ये ९१ जनालाइ राहत वितरण गरेको वडाध्यक्ष कृष्ण के.सि ले जानकारी दिनुभएको छ । उहाको अनुसार छिमेकीले राहत पाएपछी हामिपनी राहत पाउनुपर्छ भनेर वडामा आउनेको क्रम अझै सकिएको छैन ।
३ हजार १० रुपैयाँ बराबरको खाद्यान्न ९१ घरपरिवारलाई बाँढ्दा १ लाख ७१ हजार ५ सय ७० को राहत बितरण भएको उहाँले जानकारी दिनुभयो । गाउपालिकाले सबै वडाका लागि प्रदेश सरकारबाट ५ लाख र गाउँपािलका बाट ९ लाख गरि १४ लाख बरावरको राहतका लागि रकम विनियोजन गरेको थियो । त्यसैगरी केही समाजसेविले गरेको सहयोग ७५ हजार गरी गाउपालिकाले कुल १४ लाख ७५ हजारको राहत बितरण गर्ने बताइएको छ ।