कोरोनाका कारण दुबईमा आज दुई नेपालीको मृ*त्यु, साउदीमा ६७४ नेपाली सक्रंमित

कोरोनाका कारण दुबईमा आज दुई नेपालीको मृ*त्यु, साउदीमा ६७४ नेपाली सक्रंमित

Badigad Online
2 Min Read

वैशाख ३० काठमाण्डौ । कोरोना संक्रमणबाट यूएईमा आज (मंगलबार) दुई नेपालीको मृ*त्यु भएको छ । कोरोना कारण यूएईको आबुधाबी र अलऐनमा कार्यरत दुई नेपाली युवकको मृ*त्यु भएको हो ।

आबुधाबीमा स्थित रेस्टुरेन्टमा कार्यरत अर्घाखाँचीका ३९ वर्षीय युवक र अलऐनमा नाम ठेगाना नखुलेका अर्का एक नेपालीको मृ*त्यु भएको हो । कोरोनाका कारण बिरामी परेका धादिङका युवकको अलऐनको ब्रुजेल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा मंगलबार उनको मृ*त्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको हो । अलऐन अस्पतालमा मृ*त्यु भएका अर्का नेपाली युवकको भने नाम ठेगाना खुलेको छैन ।

यसैबीच नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६ सय ७४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना नेपाली संक्रमित भेटिएका छन् । यहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ ।

त्यहाँको पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायतमा) मा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । कुल संक्रमितमा ११ जना नेपाली महिला छन् । संक्रमित भएका मध्ये थुप्रै नेपाली निको भई काममा फर्किसकेको जानकारी समेत प्राप्त भएको दूतावासले जनाएको छ ।

साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भए देखि विभिन्न कारणले मृत्यु भएका ३१ नेपालीमध्ये १ जनाको कोरोना संक्रमणबाट मृ*त्यु भएको छ । साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२,९२५ पुगेको छ । सोमबार थप १,९११ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १५,२५७ जना निको भएका छन् । सोमबार एकै दिन २५२० जना निको भएका छन् । सोमबार ९ जना सहित आजसम्ममा जम्मा २६४ जना संक्रमितको मृत्यु भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित