कोरोना कहरबीच बडिगाड गाउँपालिका लक्ष नजिक !

कोरोना कहरबीच बडिगाड गाउँपालिका लक्ष नजिक !

Badigad Online
4 Min Read

वैशाख ३१ बाग्लुङ । आर्थिक बर्षको पहिलो चौमासिकसम्म कुनै काम नगर्ने सरकारी संस्कृतिले धेरै काम रोकिन्छन् । चालु बर्ष त चैत पहिलो सातादेखि सुरु भएका काम पनि रोकिएका छन् । त्यसले बिकास बजेट र योजनाहरु अलपत्र पर्ने निश्चित जस्तै छ । तर बागलुङकै बडिगाड गाउँपालिकाको फरक बिशेषता बनेको छ ।

भदौ १ गतेदेखिनै योजना सम्झौता गरेर काम थालेकोले अधिकांस योजना पुरा हुने अबस्थामा पुगेका छन् । ‘सुरुमै तातेर काम थालेकोले कोरोना संक्रमणको जोखिम र लकडाउनले धेरै असर गरेन’ गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भन्नुभयो, ‘सुरुमा अप्ठ्यारो मान्ने उपभोक्ता समिति र कर्मचारीले अहिले ठीक रहेछ भनिरहेका छन् ।’ बढीमा ७ प्रतिशत योजना मात्र बाँकी रहेको भन्दै पाइजाले जेठ र असारमा काम गर्न पाएमा ९५ प्रतिशत बढी सफलता पाउने बताउनुभयो ।

अख्तियारी नआएको लगायतका बहाना बनाउने जनप्रतिनिधि र कर्मचारीका लागि पाइजाको योजना उदाहरणीय बन्ने भएको छ । बडिगाडले गत भदौबाट योजना सम्झौता गरेर असोज पहिलो साताबाट काम थालेको थियो । गाउँपालिकाले सार्वजनिक सूचनासमेत जारी गरेर भदौं मसान्तसम्म अनिवार्य उपभोक्ता समिति गठन गरिसक्ने र योजना सम्झौता गर्न बोलाएको थियो । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीको यो अभियानमा साथ पाएको पाइजाले बताउनुभयो ।

गत बर्षको वैशाखमै वडा स्तरीय भेलाले योजनाहरु छनौट गरिसकेकोले चालु बर्षको थालनीमै सम्झौताका लागि माग गर्न सकिएको उहाँले बताउनुभयो । आगामी आर्थिक बर्षका लागि पनि लकडाउन खुलेलगत्तै वडा स्तरीय योजना तर्जुमा गोष्ठी राख्ने उहाँले बताउनुभयो । बजेट दुरुपयोग हुने र भ्रष्ट्राचारको अखडा बन्ने अबस्था नल्याउन पालिकाले बिकास योजनामा कडाई गरेको उहाँले बताउनुभयो ।
बडिगाड गाउँपालिकाले आफ्नो २५ बर्षे दिर्घकालिन योजना निर्माणको कामसमेत थालेको छ ।

पाइजाका अनुसार, हरेक ५ बर्षमा मूल्यांकन गर्नेगरी आवधिक योजनाको खाका र दिर्घकालिन योजनाका लागि तत्कालिन आवश्यकता पुरा गर्ने, लगानी पनि निरन्तर गर्ने गाउँपालिकाको योजना छ । ‘आर्थिक बर्ष २०७६/०७७ मा ६ वटा परिवर्तन गराएर दिर्घकालिन योजनाको खाका कोर्ने योजनाअनुसार काम भैरहेको छ, लकडाउनले केही असर पुग्यो’ उहाँले भन्नुभयोे, ‘दिर्घकालिन योजना पुरा हँदा गण्डकी प्रदेशको नमूना स्थानीय सरकार बन्ने लक्ष छ ।’ पाइजाका अनुसार, गाउँपालिकाले कृषि र पशुपालनको व्यवसायिकीकरण गर्ने योजना बनाएको हो ।

आर्थिक र सामाजिक बिकासका लागि विकृतीबिरुद्ध अभियान संचालन गरिसकेको छ । यो गाउँपालिकाभित्रका योजनामा उपभोक्ता समितिमा बस्नसमेत बिकृतिमा नलाग्ने सपथ खानुपर्छ । ‘बिद्यालय तहका बालबालिका जोगाउन पनि अभिभावकलाई समेत कडाई गरिएको हो’ उहाँले भन्नुभयो । खरवाङदेखि सिसाखानी, जलजला, रणसिंकिटेनी, भीमगिठे, दर्लिङहुँदै प्युठान जोड्ने सडक र मध्यपहाडी लोकमार्ग खण्डलाई व्यवस्थित बनाउने योजनासमेत धमाधम काम भएको छ । यो कामको गतिले पनि मुख्य योजना पुरा गर्ने लक्ष पुरा हुने उहाँले बताउनुभयो ।

कोरोना कहर र लकडाउनबीच गाउँपालिकाले सामाजिक दुरी कायम गरेर सडक निर्माणमा तीब्रता दिएको थियो । चालुबर्ष रणसिंकिटेनीमा सडक पु¥याउने लक्षपनि भेट्न लागेको उहाँले बताउनुभयो । कुल लगानीको मापन गर्न पहिलो पटक गाउँपालिका स्तरीय योजना आयोगको गठन भएको छ । समयमा काम सम्पन्न भएका योजनालाई प्रमाणपत्र दिने, नभएकालाई तत्काल कारवाही गर्ने र बाह्रै महिना सहज यात्रा गर्न सकिने सडक बनाउने गाउँपालिकाको कार्यक्रम समेत छ ।

गाउँपालिकाले ५० लाख बढीका योजनामा बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मात्र काम गर्ने नीति लिएको छ । भवन र सडक निर्माण मापदण्ड लागू गरिएको अध्यक्ष मेहरसिंह पाईजाले बताउनुभयो । ढुंगागिटी बालुवा र अन्य खानी संचालनका लागि अनिवार्य सूचिकृत गर्नुपर्ने, फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड बनाउने योजना छ ।

साभार : ढोरपाटन न्यूज

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित