आँचलका श्रीमान् ‘बच्चाको बुबा’ भएको चर्चा कति सत्य ?

आँचलका श्रीमान् ‘बच्चाको बुबा’ भएको चर्चा कति सत्य ?

Badigad Online
2 Min Read

नायिका आँचल शर्मा र उदिप श्रेष्ठले एक वर्ष लामो प्रेम सम्बन्धलाई फागुन २९ गते विवाहमा परिणत गरे । निकै तामझामका साथ विवाह गरेकी आँचलको विवाहमा गरेको खर्च, लुगा गहना अझ रिसेप्सन पार्टीमा हेलिकप्टर प्रयोग गरेको कुराले बजारमा राम्रै स्थान पायो । तर, यो सँगै उदिपको पहिलो विवाहको हल्ला पनि जताततै सुनियो तर आधिकारिक जानकारी भने बाहिर आएन ।

बजारमा चलेको हल्लाका अनुसार ‘उदिपको पहिले नै विवाह भइसकेको थियो र जसबाट एक सन्तान पनि थियो । फिलिपिन्समा विवाह गरेका उनले डिभोर्स गरेका हन् ’। यति ठूलो हल्ला चलिरहँदा पनि आँचल र उदिपले केही बोलेका थिएनन् । तर केहि समय अघि मात्र एक टेलिभिजन अन्तर्वार्तामा उदिपले आफू दुई वर्ष लामो प्रेमसम्बन्धमा रहेको स्वीकार गरेका छन् । उनले आफू फिलिपिन्समा हुँदा एक महिलासँग रिलेसनमा रहेको र दुई वर्ष पछि सम्बन्ध टुटेको बताएका छन् ।

यद्यपि उनले बच्चाको बारेमा केही बोलेका छैनन् ।उदिपले आफ्नो सम्बन्ध किन टुटेको भन्ने पनि आफ्नो व्यक्तिगत कुरा भएको र यसबारे थप बोल्न नचाहने बताएका छन् । आँचलले समेत व्यक्तिगत कुरा भएकाले यसबारे नबोल्नै ठिक हुने बताएकी छिन् । उनले आफ्नो र नायक पल शाहको सम्बन्ध र विवाहमा उनी नआउनु पनि ‘पल’को व्यक्तिगत कुरा भएको बताएकी छिन् । यसमा आफ्नो भन्नु केही नभएको उनी सुनाउँछिन् ।

लकडाउनमा भोकै परेका पशुका लागि आयांका जोडीको १ लाख सहयोग

देश लकडाउनमा छ । यस बेलामा दैनिक ज्याला कमाएर जीविकोपार्जन गर्ने मजदुरहरुसँगै सडकमा रहेका जनावरका लागी निकै गाह्रो भईरहेको अवस्था छ । होटल, क्याफे, मासु पसल लगायत खुल्ला नहुँदा सडकमा भएका जनवारको लागी खानाको अभाव भईरहेको छ ।

यसै समस्यालाई ध्यानमा राख्दै आज विश्व सामुदायिक पशु दिन अर्थात् वर्ल्ड स्ट्रे एनिमल्स डेको अवसर पारेर अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको स्वामित्वमा रहेको ‘आयांका फाउन्डेशन’ले सामुदायिक पशुहरुको लागि १ लाख सहयोग गरेका छन् । उनीहरुले सामाजिक संजालमा एक भिडियो सामाग्री पोष्ट गर्दै लकडाउनमा घरबाहिर भोकै परेका जनावरहरुलाई खाना र पानीको व्यवस्था गर्न ‘एनिमल नेपाल’ नामक संस्थालाई एक लाख हस्तान्तरण गरेको जानकारी गराएका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित