दिपेन्द्र खत्री,बैशाख ३१ । छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले मगंलबार बिहानैदेखि प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्चितकालका लागि सिल गरेको छ । कपिलवस्तुका विभिन्न क्षेत्रमा संक्रमण देखिएपछि सुरक्षा समिति बैठकले नयाँ निर्णय गर्दै आउजाउ बन्द गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को कारण सरकारले विभिन्न सुरक्षासतर्कता अपनाइरहेको छ । अर्घाखाँची को छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले जिल्ला प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्चितकालका लागि सिल गरेको हो ।
अर्घाखाँची को छिमेकी जिल्ला कपिलवस्तुका विभिन्न क्षेत्रमा सक्रमित भेटिए पछि अर्घाखाँचीमा सतर्कता अपनाइएको छ । तर अर्घाखाँची जिल्ला भित्रका नागरिकमा भने त्रास देखिएको स्थानीयको भनाई छ ।आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक लगाएको छ ।कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रह्यो, सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको बताईएको छ ।
कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न जिल्ला भित्रिने सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत सीमा क्षेत्र पथ्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरेको छ । शीतगंगा नगरपालिकाको कपिलवस्तुसँग सीमा जोडिएका गाउँमा स्वयंसेवक परिचालन भएका छन् । साथै पाल्पा, गुल्मी र प्युठानका सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ । अत्यावश्यक बाहेक अरु गाडीलाई आउजाउमा पास नदिने पनि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि जेठ ५ गतेसम्म लकडाउन गरेको छ ।