बडिगाडको मान्छे खाने कुतखोलाबाट स्थानीयले पाए छुटकारा !

बडिगाडको मान्छे खाने कुतखोलाबाट स्थानीयले पाए छुटकारा !

Badigad Online
2 Min Read

जीवन पाण्डे, वैशाख ३१ बाग्लुङ । बडिगाड गाउपालिका वडा न ०९ मा सयौ बर्ष मानिसले दुख पाएपछी अहिले बल्ल त्यहाका स्थानियलाइ एक आवश्यकताको आइडिया आएको छ । वडाको मालरानि र दर्लिङखोलाको बिचबाट बगेको कुतखोला हिउदमा तर्न सहज भएपनी बर्षामा असम्भव नै हुन्थ्यो । यस खोलामा अहिलेसम्म तर्ने दिर्घकालिन पुल वा फट्के कुनै पनि नभएकाले कयौ मानिसले बर्षामा ज्यान पनि गुमाए ।

उक्त कुलो हिँउदमा नपत्याउने हुने गरेपनि बर्खामा भने भेल सहित आउँदा कतिपयले ज्यान गुमाएका छन् । लामो समयसम्म उक्त ठाउँमा पुल निर्माण गर्ने हल्ला चलेपनि पुरा भने हुन सकेको थिएन् । तर स्थानीयलाई अब वर्खामा त्यो कुलोको चिन्ता भने हटेको छ । छोराछोरीलाई विद्यालय पठाउन र दैनिक आवतजावत गर्न समेत निकै कठिनाई हुने र जोखिम मोलेरै भएपनि उक्त खोला तर्दै आएका स्थानीयहरुलाई राहत भएको छ ।

पछिल्लो समयमा उक्त खोलाले नजिकै रहेको एक लघु जलविद्युत आयोजनाको कुलो बगायो । पटक पटक खोलाले गरेको क्षतिबाट आजित बनेका स्थानीयले विद्युत गृहको कुलो पनि हुने र स्थानीयलाई आवतजावतमा समेत सहज हुने गरी नहर निर्माण गरेका छन् । उक्त नहर निर्माण गरेसगैं अब मालारानी र दर्लिङ जाने कुतखोलाको बाटो भएर हिँड्नेहरुको पिरलो समाप्त भएको छ ।

अब स्थानियको दिमागमा कुलो सहितको सानो पुल बनाउने आइडिया आयो, समिती बनिहाल्यो र गाउँपालिकामा योजना सम्झौता पनि भयो । गाउँपालिकाबाट जम्मा २ लाखको बजेट परेको हो । त्यसबाट स्थानियको श्रमदान सहित दुई लाखमा करिव २२ मिटर लामो र १ मिटर चौडाइ सहितको मानिस तर्न मिल्ने गरि बनाइएको वडाध्यक्ष कृष्ण बहादुर के.सिले बताउनुभयो ।

बर्षौ देखिको समस्या थियो मान्छेहरु वर्खामा त निकै जोखिम मोलेर पनि आउजाउ गरे, अब यो नहर निर्माण पछि धेरै सहज हुनेछ , वडाध्यक्ष केसीले भन्नुभयो । उक्त खोला तर्दा कतिले ज्यान नै गुमाउनु परेको कुरा स्मरण गर्दै उहाँले सबैको साथ सहयोग र स्थानीयको जनश्रमदानबाट नहर निर्माण गर्न सफल भएको बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित