गुल्मीमा ५ दिन घरबाहिर निस्कन निषेध !

गुल्मीमा ५ दिन घरबाहिर निस्कन निषेध !

Badigad Online
1 Min Read

वैशाख ३१ गुल्मी । गुल्मी जिल्लामा ५ दिन मान्छेको आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ । बिहीवार गुल्मी जिल्ला प्रशासन कार्यालय तम्घासले अत्यन्त जरुरी सूचना जारी गर्दै जेठ १ गते बिहान ६ बजेदेखि ५ गते मध्यरातसम्म मानिसहरूको सम्पूर्ण आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरको हो ।

बिहीवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला समिति गुल्मीको बैठकले ५ दिन गुल्मी जिल्ला पूरै सील गर्ने निर्णय गरेको हो । यद्यपी एम्बुलेन्स, शववाहन, मृत्युसंस्कार, विद्युत संचार खानेपानी औषधि र इन्धन बोकेका सवारी साधनहरू भने चल्न सक्नेछन् ।सर्वसाधारणलाई बिरामी नभएको अवस्थामा बाहेक घरबाहिर निस्कन पूर्ण रूपमा बन्देज लगाइएको छ ।

प्रशासनको आदेश उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने उक्त सूचनामा जनाइएको छ । कपिलवस्तु र रुपन्देहीमा कोरोनाको सक्रंमण देखिएपछि उच्च सतर्कता स्वरुप जिल्लालाई सील गर्ने निर्णय गरिएको हो । यस अगाडी जिल्लामा निशेधाज्ञा जारी रहेको थियो । अब भने प्रशासनले थप कडाई गर्ने भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित