लकडाउनको मौका छोपी बडिगाडमा वडासदस्यको मोवाईल पसलमा चोरी

लकडाउनको मौका छोपी बडिगाडमा वडासदस्यको मोवाईल पसलमा चोरी

Badigad Online
2 Min Read

जीवन पाण्डे, बाग्लुङ वैशाख ३१ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल सरकारले लकडाउन जारी गरेपछि यतिबेला खाद्यान्न पसल बाहेक अन्य पसलहरु बन्द छन् । लकडाउनसगैं यतिबेला अन्य व्यवसायीहरु घरमै बसीरहेका छन् ।
बाग्लुङमा भने लकडाउनकै मौका छोपेर एक पसलमा चोरी भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका वडा नं ५ खौलारमा रहेको नर बहादुर सुनारको मोबाईल पसलमा चोरी भएको हो । लकडाउनको समयमा पसल बन्द भएको मौका छोपेर चोरले पसलको चाला फोडेर चोरी गरेको र पुन : त्यही ठाउँमा नयाँ ताल्चा ल्याएर राखेको बताईएको छ ।
पसलमा नयाँ ताल्चा देखेपछि पसल खोलेर हेर्दा पसलमा सामान चोरी भएको पाईएको प्रहरीले बताएको छ ।

पसलमा रहेको एक थान ल्यापडप, नगद ५ हजार रुपैयाँ, मोवाईल मर्मतका लागि ग्राहकहरुले ल्याएका केही महत्वपूर्ण मोबाईल सेटहरु, चार्जर, हेडफोन लगायत गरी झण्डै ३ लाख बराबरको चोरी भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाश सिहं भण्डारीले बताउनुभयो । पछिल्लो समय गड्याङ्गुडुङ सहित वर्षा भईरहेकाले रातको समयमा उक्त पसल चोरी गरेको हुन सक्ने अनुमान गरिएको भएपनि चोरको भने पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

चोरको खोजी कार्य भईरहेको र यथाशक्य पत्ता लगाएरै छाड्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ४ दिन अगाडी पसल खोलेर सामान चेक गर्दा पसलमै रहेपनि आज पसल खोलेर हेर्दा सबै सामान चोरी भएको पाएपछि प्रहरीलाई खबर गरेको नर बहादुर सुनारले जानकारी दिनुभयो । उहाँ वडिगाड गाउँपालिका वडा नं ६ को वडासदस्य समेत हुनुहुन्छ ।

पसलबाट १३ वटा हाते घँडी, १ वटा ल्यापटप, ५ हजार नगद, ३ वटा आईफोन, ४ वटा एम्पी थ्री प्लेयर, ५ वटा एफ एम रेडियो सेट, २ वटा भिभो मोवाईल,१ वटा ईन्टेक्स मोवाईल र १५ वटा चार्जर चोरी भएको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित