जीवन पाण्डे, बाग्लुङ वैशाख ३१ । बाग्लुङको बडिगाड गाउँपालिकामा लकडाउनको मौका छोपी चोरी गरेको आशकांमा एक जनालाई पक्राउ गरिएको छ । लकडाउनकै मौका छोपेर बडिगाड गाउँपालिका वडा नं ५ खौलारमा रहेको नर बहादुर सुनारको मोबाईल पसलमा चोरी गरेको आशकांमा सोही वडाका एक युवालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङको विशेष सक्रियतामा चोरीको आशकांमा उनलाई पक्राउ गरिएको हो । यस अगाडी पनि सुनारले वडा नं ७ मा पसल गर्दा उनले २ पटकसम्म चोरी गरेको बताईएको छ । पसल चोरी हुनुभन्दा केही समय अगाडी उनी पसल वरीपरी आएर बस्ने गरेको र सोधपुछ गर्दा केही नभनी जाने गरेको भन्ने जानकारीका आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख ईन्चार्ज प्रकाश सिहं भण्डारीले जानकारी दिनुभयो ।
यस अगाडी पनि २ पटकसम्म पसलमा चोरी गरेको र अहिलेपनि पसलवरीपरी आएर ढुक्ने गरेको भन्ने जानकारीका आधारमा उनलाई पक्राउ गरिएको भएपनि होकी हैन भन्नेबारेमा भने अनुसन्धान पछि मात्रै थाहा हुने उहाँले बताउनुभयो । पसल चोरी भएको खबर पाउनासाथ विशेष सक्रियताका साथ लागि परेको बुर्तिबाङ प्रहरीले पछिल्लो समय सम्पादन गरेका कार्यहरुलाई स्थानीयले निकै सह्राना गर्दै आईरहेका छन् । भण्डारी प्रहरी प्रमुख भएर आएलगत्तै त्यसक्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य सुधार भएको उनीहरुको भनाई छ ।
लकडाउनको समयमा पसल बन्द भएको मौका छोपेर चोरले पसलको चाला फोडेर चोरी गरेको र पुन ः त्यही ठाउँमा नयाँ ताल्चा ल्याएर राखेको बताईएको छ । पसलमा नयाँ ताल्चा देखेपछि पसल खोलेर हेर्दा पसलमा सामान चोरी भएको पाईएको प्रहरीले बताएको छ । पसलमा रहेको एक थान ल्यापडप, नगद ५ हजार रुपैयाँ, मोवाईल मर्मतका लागि ग्राहकहरुले ल्याएका केही महत्वपूर्ण मोबाईल सेटहरु, चार्जर, हेडफोन लगायत गरी झण्डै ३ लाख बराबरको चोरी भएको छ ।