मुसिकोट नगरपालिकाद्धारा बजार अनुगमन : अखाद्य वस्तु नष्ट !

मुसिकोट नगरपालिकाद्धारा बजार अनुगमन : अखाद्य वस्तु नष्ट !

Badigad Online
3 Min Read

विष्णु प्रसाद आचार्य, गुल्मी वैशाख ३१ । गुल्मीको मुसिकोट नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । लकडाउनको मौका छोपी अखाद्य वस्तु विक्री वितरण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर बजार अनुगमन थालिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अनुगमनको पहिलो दिन बुधबार वडा नं. ७ को बसपार्क देखि पल्टारसम्म रहेका खाद्य पसलहरुको अनुगमन गरि म्याद गुज्रीएका सामाग्री बरामद गरि जलाइएको छ ।

नगरपालिका भित्रका पसलहरुमा म्याद सकिएका खाद्यवस्तु समेत विक्रिवितरण भएको भन्ने गुनासो आएपछि नगरपालिकाले प्रहरीको सहयोगमा पसलहरुमा छापा मारेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । आज मुसिकोट नगरपालिका, उद्योग वाणिज्य सघं, नगरस्तरीय बजार अनुगमन समिति र प्रहरी एवम् पत्रकारको रोहवरमा गरिएको अनुगमनमा ५ हजार वढिको म्याद गुज्रेका खाद्य सामाग्रि जलाएको अधिकृत भण्डारीले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत भण्डारी सहित स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका प्रतिनिधि दिनेश खाति, मुसिकोट प्रशासन शाखा अधिकृत प्रकाश घिमिरे, कृषि अधिकृत जनक पौड्याल, फिल्ड सयोंजक महेन्द्र घिमिरे लगायत स्वास्थ्यकर्मि, पत्रकार सुरक्षाकर्मी सहितको टोलीले पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा तेल, चाउचाउ, आटा, दालमोठ, भुजा, विस्कुट, जिरा, चिया, पेय पदार्थ लगाएतका खाद्य सामाग्रि म्याद सकिएको भेटिएको थियो। अनुगमनका क्रममा सवै पसलमा कुनै न कुनै अखाद्य बस्तु भेटिएको बताईएको छ । नगरपालिकाले सवै व्यवसायीलाई म्याद सकिएका अखाद्य वस्तु तुरुन्त हटाउन निर्देशन दिँदै अनुगमन निरन्तर गर्ने र आगामी दिनमा भेटिए कडा कार्वाहि गर्ने चेतावनी समेत दिएको छ । अनुगमनमा अखाद्य वस्तु भेटिएको र नगरपालिका भित्रका सवै बजार पसलहरुमा प्रभावकारी अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताउनुभयो ।

साथै उक्त अनुगमनमा व्यापारीहरुले मूल्यसूची नराख्ने गरेको पाईएको र तत्काल आफ्नो पसलमा उपभोक्ताले देख्ने गरी मूल्यसुची राख्न र मूल्यसूची निर्धारण गर्न उद्योग वाणिज्य सघंलाई आग्रह पनि गर्नुभएको छ । त्यस्तै प्राय पसलले साईनबोर्ड नराख्ने गरेको, नगरपालिकामा पसल दर्ता नगरी सञ्चालन गरेको र एकै ठाउँमा अवैध रुपमा धेरै सामाग्रीहरु विक्री वितरण गर्ने गरेको पाईएको र ती कुरामा सुधार गर्न अधिकृत भण्डारीले आग्रह गर्नुभएको थियो ।

यसैबीच होटल व्यवसायीले भने मूल्यसूची राख्ने गरेको पाईएपनि कार्यान्वयन भने नगरेको पाईएको र मूल्यसूची अनुसार विक्री वितरण गर्न निर्देशन दिईएको भण्डारीले जानकारी दिनुभयो । उक्त अवसरमा व्यापारीहरुले बजार अनुगमनले व्यापारी र उपभोक्ताबीचको विश्वासको दुरी बढाउने भएकाले नियमित रुपमा अनुगमन गर्न आग्रह गर्दै आफुसगं भएका कमीकजोरीहरु सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित