२ प्रतिशत ब्याज घटाउने बैंकहरुको निर्णय

२ प्रतिशत ब्याज घटाउने बैंकहरुको निर्णय

Badigad Online
2 Min Read

काठमाडौं, ३१ वैशाख । नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षको बैंकको चौथो त्रैमासिकको ब्याज २ प्रतिशत घटाउने निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो । संघको बुधबार बसेको पूर्ण बैठकले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

दाहालले भने, “बैंकर्स संघले वैशाखबाट निक्षेपको ब्याज घटाएर जेठबाट कर्जाको ब्याज घटाउने निर्णय गरेर अघि बढिसकेको अवस्थामा आएको राष्ट्र बैंकको निर्देशन हामीले पालना गर्ने भएका छौं ।” दाहालले अनपेक्षित रूपमा २ प्रतिशत बिन्दुले ब्याजदर घटाउन निर्देशन आएको दाबी गरे । दाहालको भनाइ छ, “राष्ट्र बैंकले त्यस्तो निर्देशन नदिएको भए हुन्थ्यो तर दिइहाल्यो । निर्देशन नमान्ने त कुरै हुँदैन ।”यसअघि राष्ट्र बैंकको उक्त निर्देशनसँगै बैंकरहरूले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

बिहिबारदेखि बैंकमाथी यस्तो नियम लाग्ने

आइतबारदेखि खुल्न थालेका बैंक तथा विक्तिय संस्थाका शाखाहरु बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन जारी गरेको हो । बैंकका कारण मानिसहरुको भिडभाड बढ्दै गएपछि सबै शाखा कार्यालय नखोल्न राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिएको हो । खुलेका शाखाहरुलाई पनि सिमित मात्रै पासको व्यवस्था गरेर सेवा दिइने छ ।

लकडाउनमा सेवा प्रदान गर्न देशभरका २७ वाणिज्य बैंकलाई २० वटाका दरले पास वितरण गरिएको छ भने विकास बैंकलाई १० वटाका दरले पासको व्यवस्था गरिएको छ । त्यस्तै फाइनान्स कम्पनीलाई आठ र लघुवित्त वित्तीय संस्थालाई पाँचका दरले पासको व्यवस्था गरिएको छ । बैंकिङ सेवा लिन जाने नागरिकले कोरोना रोकथाम सम्बन्धि सम्पूर्ण नियमको पालना गर्नुपर्ने छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित