गल्कोट नगरपालिकालाई सिल, सिमानाकामा कडाइ !

गल्कोट नगरपालिकालाई सिल, सिमानाकामा कडाइ !

Badigad Online
1 Min Read

कमल पौडेल/ ०१ जेठ/खर्वाङ । गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकालाई सिल गरिएको बताउनु भएको छ। बुधवार मध्यपहाडि लोकमार्ग अन्तरगत गल्कोट नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरौंदि खोला पुलमा बार लगाउन र हेल्थ डेस्क स्थापना गर्न पुग्नुभएका नगरप्रमुख गैरेले गल्कोट नगरपालिकालाई सिल गरिएको, अत्यावश्यक बाहेक कोहि कसैलाइ नछोडिने बताउनु भएको छ।

स्थानिय प्रहरी, स्वास्थ्यकर्मि, जनप्रतिनिधि सहित सिमानामा पुगेको नगरपालिकाको टोलीले विहिवार देखि हेल्थ डेस्क स्थापना गर्ने जनाएको छ। गल्कोट बाट बारा, पर्सा पुगेका मजदुर मध्य १४ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा लकडाउन कडाइ गरिएको हो। संक्रमित मजदुरहरुको सम्पर्कमा भएकाहरुलाई ट्रेसिङ गरि पिसिआर जाँच पछि मात्रै ढुक्क हुन सकिने अवस्था भएकोले तत्काललाई गल्कोट नगरपालिकालाई सिल गरिएको नगरप्रमुख गैरेले बताउनु भएको छ।

पालिका सिमानामा भएको छलफलमा नगरप्रमुख गैरे सहित उपप्रमुख रेनुका काउचा, वडा नं. ११ का अध्यक्ष डम्बर श्रीस, वडा नं. ८ का अध्यक्ष राम प्रसाद कँडेल लगाएत स्वास्थ्यकर्मि, सुरक्षाकर्मि लगाएतको सहभागिता रहेको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित