जीवन पाण्डेय, जेष्ठ १ बडिगाड । बाग्लुङको बडिगाड गाउँपालिकाले वोयर क्रम बोका वितरण गरेको छ । बाख्राहरुमा नश्ल सुधार गरि उत्पादन तथा कृषकहरुको आयआर्जन वृद्धि गर्ने उद्धेश्यले गाउपालिकाको पशु विकास कार्यक्रम तर्फ आर्थिक बर्ष २०६७/०७७ को बार्षिक स्वीकृत कार्यक्रम आनुसार प्रजननका लागि बोयर क्रस बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बडिगाड गाउपालिकाका अध्यक्ष मेरसिहं पाईजा, उपाध्यक्ष अम्मर बहादुर, प्रमुख प्रसासकिय अधिकृत बालकृष्ण सुवेदी बडिगाड गाउँपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुख वसन्त गौतम लगायतको उपस्थिति रहेको थियोे । कृषकहरुको जीवनस्तर सुधार गर्दै उत्पादन सगैं आर्थिक आयआर्जन समेत वृद्धि गर्ने र निर्वाहमुखी कृषि प्रणालीलाई आधुनीकीकरण गरि बाख्रा पालन नयाँ प्रवृतिले गर्दा कृषकहरुलाई फाईदा पनि हुने र उत्पादनको हिसाबले पनि निकै महत्वपूर्ण भएकाले बोका वितरण गरिएको बताईएको छ ।
यो आर्थिक वर्षको कार्यक्रम अनुसार गाउँपालिकाको वडा नं २, ४, ६, ८ र १० नं का बाख्रा पालक कृषकहरुलाई वोयर क्रस बोका वितरण गरिनेछ । जसमध्ये बुधवार ती वडामा ५ वटा बोयर बोका वितरण गरिएको छ । गत आर्थिक बर्ष पनि गाउँपालिकाको वडा नं १, ३, ५, ७ र ९ नं वडामा बोका वितरण गरिएको बडिगाड गाउँपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुख बसन्त गौतमले बताउनुभयो । साथै बोयर बोका पाएपछी बाख्रापालक कृषकहरु पनि झन उत्साहित भएको र गाउपालिकाले यस्ता कार्यक्रहरु आगामी दिनमा पनि निरन्तर रुपमा गर्दै जानुपर्ने कृषकहरुले बताएका थिए ।