जीवन पाण्डे (अनलाइन रिसर्च) – तपाई हामि धेरैलाई थाहा नहुन सक्छ फोटो पनि बिक्रि हुन्छ भनेर तर बिक्रि हुनेमात्र हैन धेरै भन्दा धेरै मा बिक्रि भएर यसले रेकर्ड पनि तोड्ने गर्छ | दुनियाको सबैभन्दा महँगो फोटोको नाम हो फानटम | यो फोटो २०१४ मा खिचिएको हो | यो अमेरिको अरिजोना भन्ने स्थानमा रहेको एक कान्योन को हो | यो फोटो एन्टीलोप कान्योन को हो |
अहिलेसम्मको संसारकै महँगो मा बिक्ने यो फोटोको बिक्रि मूल्य सुन्दा हाम्रो होस् नै उड्ने खालको छ | यो फोटो साडे छ मिलियन (६.५ मिलियन) मा बिकेको थियो | जुन रुपैया नेपालीमा आजको समयको डलरको रुपान्तरण गरि भन्ने हो भने नेपालि रुपैया करिव अठहत्तर करोड हुन्छ |
एउटा फोटो जुन यतिधेरै मा बिक्यो भन्दा तपाइँ हामि सबैलाई आश्चर्य त लाग्छ नै तर यो एकदम सत्य हो | यो फोटो अस्ट्रेलियाका पिटर लिक ले खिचेका हुन् | सन् १९९९ मा त्रिचालिस लाख अमेरिकी डलरमा बिकेको थियो | उक्त फोटोको रेकड तोड्दै पिटर लिक द्वारा खिचिएको फोटोले सन २०१४ मा पैसठ्ठी लाख अमेरिकी डलरमा बेचेर क्रितिमानी कायम गरेका हुन् |