जेष्ठ १ बाग्लुङ । बागलुङको धौलागिरी अञ्चल अस्पतालमा कोरोनाको आशंकामा एक वृद्धालाई आईशोलेसनमा राखिएको छ । गलकोट नगरपालिका वडा नम्बर ६ की ६५ वर्षीया वृद्धलाई रुघा, खोकी र ज्वरो आएको हुँदा उनलाई आइशोलेसनमा राखिएको धौलागिरी अञ्चल अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
वृद्धालाई ज्वरो र खोकी देखिएपछि उनको स्वाब संकलन गरी पोखरा पठाइएको हो । उनी ज्वरो आउने र रुघा खोकी लागेपछि बैशाख ३० गते गलकोट हटियामा रहेको आरोग्य अस्पिटलमा उपचारको लागि भर्ना भएकी थिइन् । सामान्य उपचारपछि ज्वरो केही कम भएपछि उनलाई बैशाख ३१ गते डिस्चार्ज गरिएको आरोग्य हस्पिटलका संचालक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो ।
बृद्धालाई श्वास प्रश्वासमा गाह्रो भएपछि बुधबार विहान धौलागिरी अञ्चल अस्पताल पठाइएको हस्पिट संचालक शर्माको भनाई छ । उनलाई बुधबार बिहान गलकोटमा सञ्चालित दुई वटा एम्बुलेन्स बाहिर गएको हुँदा पिकअप जीपमा बागलुङ ल्याइएको शर्माले जानकारी दिनुभयो । गत वैशाख १३ गते गल्कोटबाट पर्सा गएका १४ जना मजदुरमा कोरोना सक्रंमण देखिएपछि त्यस क्षेत्रको जनजीवन त्रसित बनेको छ । Copy Aadarsasanchar
गल्कोट नगरपालिका सिल
गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकालाई सिल गरिएको बताउनु भएको छ। बुधवार मध्यपहाडि लोकमार्ग अन्तरगत गल्कोट नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरौंदि खोला पुलमा बार लगाउन र हेल्थ डेस्क स्थापना गर्न पुग्नुभएका नगरप्रमुख गैरेले गल्कोट नगरपालिकालाई सिल गरिएको, अत्यावश्यक बाहेक कोहि कसैलाइ नछोडिने बताउनु भएको छ ।
स्थानिय प्रहरी, स्वास्थ्यकर्मि, जनप्रतिनिधि सहित सिमानामा पुगेको नगरपालिकाको टोलीले विहिवार देखि हेल्थ डेस्क स्थापना गर्ने जनाएको छ। गल्कोट बाट बारा, पर्सा पुगेका मजदुर मध्य १४ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा लकडाउन कडाइ गरिएको हो। संक्रमित मजदुरहरुको सम्पर्कमा भएकाहरुलाई ट्रेसिङ गरि पिसिआर जाँच पछि मात्रै ढुक्क हुन सकिने अवस्था भएकोले तत्काललाई गल्कोट नगरपालिकालाई सिल गरिएको नगरप्रमुख गैरेले बताउनु भएको छ ।
पालिका सिमानामा भएको छलफलमा नगरप्रमुख गैरे सहित उपप्रमुख रेनुका काउचा, वडा नं. ११ का अध्यक्ष डम्बर श्रीस, वडा नं. ८ का अध्यक्ष राम प्रसाद कँडेल लगाएत स्वास्थ्यकर्मि, सुरक्षाकर्मि लगाएतको सहभागिता रहेको थियो ।