बडिगाडमा विकासले निम्त्याएको विनासको एक नमुना,एउटा सडक खन्यो अर्को विग्रीयो !

बडिगाडमा विकासले निम्त्याएको विनासको एक नमुना,एउटा सडक खन्यो अर्को विग्रीयो !

Badigad Online
3 Min Read

जीवन पाण्डे, बडिगाड । सडक निर्माण विकासको प्रमुख पूर्वाधार भएपनि अव्यवस्थित विकासका कारण समस्या निम्तिने गरेको छ । प्रारम्भिक वातावरणीय परीक्षण नगरी अव्यवस्थित रुपमा मनोमानी ढंगले सडक खन्दा यसले विनास समेत निम्त्याउने गरेको छ ।

विशेषगरी कमजोर भू बनोट भएका स्थानमा वर्षा हुनसाथ भूक्षय र पहिरोको जोखिम बढ्ने गरेको छ । बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ५ मा पनि अव्यवस्थित रुपमा सडक निर्माण गर्दा मध्यपहाडी लोकमार्गनै पुरिएको छ । अव्यवस्थित रुपमा डोजरले बडिगाड गाउँपालिकाको जोहिबगर, बाहदिप, जलजला र रणसिहंकिटेनी जोड्ने मोटरबाटो मध्यपहाडी लोकमार्ग माथीबाट खनिएको छ । जब वर्षा सुरु हुन्छ तब उक्त मोटरबाटोबाट माटो सहितको भल ढेडे खोलाबाट उर्लिएर आउँछ ।

जसले गर्दा अहिले जोगिबगरमा मध्यपहाडी लोकमार्ग नै पुरिएको छ । गाउँमा सडक बनेपछि स्थानीय हर्षित बनेपनि अर्को मुख्य सडक नै पुर्ने गरी खोलामा बाढी आएर पुरिदिएपछि स्थानीय भने निराश बनेका छन् । यही बैशाख ३१ गते रातको समयमा ढेडे खोलाले माथि निर्माण गरिएको मोटरबाटोबाट ढुगां र माटो बगाएर ल्याएपछि मध्यपहाडी लोकमार्ग पुरिएको हो । जोगिबगरमा ढेडे खोला आएर मध्यपहाडी लोकमार्ग पुरेको छ । खोलाको लागि सानो पुल बनाइएपनी त्यो प्रयाप्त नभएको बुझ्न सकिन्छ ।

खोलामा नयाँ मोटरबाटो निर्माणको माटो परेपछी खोलाको बाटो ठूलो चाहियो जसले गर्दा पुलमा उक्त पानी अट्याउन सकेन र पानी सहितको माटो लोकमार्गमा आयो । मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएपछि मध्यपहाडी लोकमार्ग भएर गुड्ने खाद्यान्न बोकेका ट्रक र पिकअप जिप २ घण्टा जति रोकिएको बताईएको छ । पछि गाउपालिकाको एक्साभेटर आएर बाटो सोरेपछि मोटरबाटो बल्ल सुचारु भएको हो ।

त्यतै मात्रै होईन उक्त खोलामा आउने बाढीले जोगिवगरमा रहेका तिनघर र ती घरमा बस्ने भाडावालालाई समेत त्रसित बनाएको छ । खोला एक्कासी बढेर आउँदा हामी सबै त्रसित बन्यौँ, वैशाख महिनामै यस्तो छ बर्खाको समयमा त बगाउछ कि भन्ने ठूलो त्रास भएको स्थानिय सुरज धितालले बताउनुभयो । उक्त खोलामा आएको बाढीले नजिँकै रहेका करिव २० मुरि धान उब्जाउ हुने खेत र बालुवा बजारसम्मलाइ असर गर्ने वडा न. ५ का वडा सदस्य टीका काउचाले बताउनुभयो ।

अब बर्खा लग्दै जादा स्थानियमा त्रास पनि बढ्दै गएको र आजै बाट राती खाना खाएपछी कतै खोलामा आएको बाढीले हामीलाई पनि लैजाने होकी भन्ने चि*न्ता बढ्दै गएको स्थानीयले बताए । यसरी विकाश निर्माणका कार्यले मध्यपहाडी लोकमार्गलाई जानकारी नगराइ वा शाखा बाटो खोल्ने र खन्ने मापदण्डमा काम नभै धमाधम आफुखुसी एकतर्फी रुपले सोचेर शाखा बाटो खोल्दा धेरै स्थानियको निन्द्रा हराम त भएकै छ नै । यसले कयौ,खेती योग्य जमिन पुर्ने, घर भत्क्याउने र कयौको ज्यान लिन समेत सक्ने यी र यस्ता बिगतमा देखिएका घटनाले देखाउछन् । यसबारेमा स्थानीय प्रशासनले केही सोँच्नुपर्ने देखिन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित