गुल्मीमा दलित घरभित्र पसेको भन्दै पन्ध्र सय ज*रिवाना तिराए , घर चोखाउन भन्दै पुजापाठ !

गुल्मीमा दलित घरभित्र पसेको भन्दै पन्ध्र सय ज*रिवाना तिराए , घर चोखाउन भन्दै पुजापाठ !

Badigad Online
2 Min Read

टोपलाल अर्याल गुल्मी, २ जेठ । जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा दलित युवा गैरदलितकोमा पसेको भन्दै १५ सय ज*रिवाना तिराईएको छ । फोक्सिङ रिमका नेत्र काउचाको घरमा पसेको भन्दै सोहि स्थानका श्याम बहादुर परियारलाई ज*रिवाना गरिएको हो । मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउने भन्दै जरिवाना गरिएको पी*डित परियारले बताउनुभयो । यो घ*टना बैशाख २२ गतेको हो । सोहि दिन स्थानीय माया परियारको मृ*त्यु भएको थियो ।

पीडित श्याम उनकै दाह*संस्कारमा गएर फर्कदै थिए । सोहि क्रममा ठुलो पानी प¥यो । उनी ओत खोज्दै नेत्र काउचाको घर पुगे । बताससंगैको ठुलो पानी परेकाले घरको बलेनीमा बस्ने अवस्था नभएपछि बाध्य भएर सोधेरै भित्र पसेको परियारले बताउनुभयो । श्याम घरमा पसेपछि केहिबेरमै गाउँमा खैलाबैला भएको र घरधनी नेत्र काउचाले गाउँ समाज जम्मा गरेको छिमेकी सन्त बहादुर काउचाले बताउनुभयो ।

उहाँले का*नुनमा जे भने पनि गाउँमा व्यक्तिको घरमा पस्ने नपाइने भएकाले गाउँ मिलाउन आफुहरुले दलित परिवारकै सहमतिमा ज*रिवाना गरिएको बताउनुभयो । ‘पी*डित परिवारले आक्रोसमा सात हजार भनेका थिए, बिपन्न भएकाले १५ सयको कागज ग¥यौ,’उहाँले भन्नुभयो , वडा कार्यालयमा निवेदन दिए छलफल गर्छौ ।’ उहाँले पी*डित श्याम र उनका बुबा धन बहादु म*दिरा सेवन गरेर आएर आफुहरुलाईनै गा*ली बे*इज्यती गरेपनि आफुहरुले कु*टपीट नगरेको काउचाले जानकारी दिनुभयो ।

पी*डित श्याम बहादुर परिवारकी आमा कौशिला परियार कालिगण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य हुन् । यो बिषयको बारेमा अहिलेसम्म किन का*नुनी उपचार खोज्नु भएन भन्ने प्रश्नमा उहाँले आफु माइली आमा वि*तेको शो*कमा र बाहिर जान नमिल्ने भएकाले केहि नगरेर बसेको बताउनुभयो । ‘गाउँले सवै एक जुट भएर द*बाबमा ज*रिवाना गरे, सोहि दिन आमा बि*तेकाले का*नुनी उपचार भएन,’उहाँले भन्नुभयो,‘अव न्या*य खोज्दैछु ।’

कालिगण्डकी गाउँपालिका वडा नं ५ फोक्सिङका वडाध्यक्ष थम्मनसिंह आलेले अहिलेसम्म आफुलाई घ*टनाको बिषयमा कसैले जानकारी नदिएको बताउनुभयो । उहाँले बिहिबार दुवै परिवारलाई भेटेर पी*डित पक्षलाई शुक्रबार वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको जानकारी दिनुभयो । दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले अहिलेको अवस्थामा गाउँले मिलेर घर पसेकै आरोपमा जरिवाना गर्नु नि*न्दनीय भएको बताउनुभयो । उहाँले दुवै परिवारको सत्य तथ्य बुझेर का*रबाहीको प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । (साभार नयाँपत्रिका)

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित