नेपाली भुमी मिचिएको प्रति नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिद्धारा विज्ञप्ती !

नेपाली भुमी मिचिएको प्रति नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिद्धारा विज्ञप्ती !

Badigad Online
2 Min Read

विष्णु प्रसाद आचार्य, जेठ २ गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले भारतले बिभिन्न बहानामा नेपाली भूभाग मिचिइरहँदा सरकारले कुनै ठोस कदम नचालेको भन्दै तत्काल परिणाममुखी कुटनैतिक पहल थाल्न आग्रह गरेको छ । बिहिवार काँग्रेसले एक विज्ञप्ती जारी गर्दै नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपु लेक लगायतको अतिक्रमण भईरहदा सरकार उदासीन रहन नमिल्ने भन्दै तत्काल उच्चस्तरीय कुटनैतिक पहल गरि नेपालको भूमिको रक्षा गर्न आग्रह समेत गरेको छ ।

विज्ञप्तीमा कोरोना भाईरसका कारण विश्वनै त्रसित भईरहेको अवस्थामा भारतले नेपालको सीमा क्षेत्रमा पर्ने कालापानी हुँदै चीनको तीब्बतमा अवस्थित मानसरोवर जोड्ने निर्णयले सारा नेपालीलाई दुखी बनाएको भन्दै ईतिहास माथि नै धावा बोल्दै नेपालको सीमा क्षेत्रमा चरणबद्ध हस्तक्षेपको नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति घोर निन्दा एवम् घोर भत्र्सना गदर्छ भनिएको छ ।

नगरसमिति सभापति सुदर्शन शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा कालापानी लिपुलेक र लिम्पियाधुरालाई समेटेर वर्तमान सरकारले नेपालको नक्सा समेत सार्वजनिक गर्न नसक्नुले वर्तमान सरकार देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षामा गैर जिम्मेवार बनेको समेत उल्लेख गरिएको छ । त्यस्तै कोरोना जोखिमकाबीच सीमा अतिक्रमणको विरोधमा सडकमा आन्दोलन गर्न उत्रीएका देशप्रेमीहरुलाई विद्युतीय झड्का लगाएर निन्दनीय भएको भन्दै सरकार ज्ञानेन्द्रपथमा उक्लीन खोजेको उल्लेख गरिएको छ ।

विज्ञप्ती मार्फत सीमा सुरक्षाको लागि उत्रिएका सम्पूर्ण नागरिकहरु प्रतिको धरकपट तत्काल बन्द गरी खोसिएको नेपाली भूमी फर्काउन राज्य जिम्मेवार ढगंले लाग्न माग गर्दै यति त्यसो नभए नेपाली काँग्रेसले गाउँ गाउँबाट आन्दोलनको आँधिवेरी श्रृजना गर्न बाध्य हुने लेखिएको छ । त्यस्तै उत्तरी छिमेकी राष्ट्र चिनले समेत नेपाललाई जानकारी नै नगराई सगरमाथाको उचाई नाप्ने कार्य र भारतको हेपाहा प्रवृत्ति प्रति ठोस कदम चाल्न पनि आग्रह गरिएको छ ।

त्यस्तै विज्ञप्तीमा राष्ट्रियतासगं जोडिएका महत्वपूर्ण विषयहरुमा वृहत राष्ट्रिय सहमतीको साथ अगाडी बढ्न र आवश्यक परे नेपाली माटोको सुरक्षार्थ कठोर निर्णय लिनबाट पछि नहट्न पनि अनुरोध गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित