काठमाण्डौ । ईपीएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया गएका एक नेपालीको मृ*त्यु भएको छ । ख्यङ्जु सहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मंगलबार साँझ मृ*त्यु भएको हो । विगत सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मंगलबार बिहान ९ बजेतिर सुतेका थिए ।
कोठामा एक्लै सुत्ने गरेका थापा साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृ*तावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए । उक्त कम्पनीमा खड्काबहादुर थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृ*तकका सहकर्मीले जानकारी दिएका छन् । मृ*तक थापाको श*व ख्यङ्जु नजिकै श*वगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृ*तकको श*व व्यवस्थापनका बारेमा परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले बताउनुभयो । (नेपाल समय)