कोरोना सक्रंमणकाबीच बागलुङमा डेंगु सक्रंमण देखियो

कोरोना सक्रंमणकाबीच बागलुङमा डेंगु सक्रंमण देखियो

Badigad Online
1 Min Read

बाग्लुङ । कोेरोना भाईरसको संकटका बेला बागलुङमा डेंगु संक्रमण देखिएको छ । छिमेकी जिल्ला म्याग्दीमा डेंगु संक्रमण बढिरहेको सन्र्दभमा बागलुङमा एक जनलाई डेंगु देखिएको हो । धौलागिरी अस्पताल बागलुङमा परिक्षणका क्रममा जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीका २३ बर्षीया युवतीमा डेंगुको संक्रमण देखिएको धौलागिरी अस्पतालले जनाएको छ ।

युवतीलाई ज्वरो आएपछि बैशाख २९ गते धौलागिरी असपताल बागलुङमा भर्ना गरिएको थियो । लामखुट्टेबाट सर्ने डेंगु रोगको लक्षण देखिएपछि किट मार्फत शुक्रबार परिक्षण गर्दा डेंगु संक्रमण पुष्टी भएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। शैलेन्द्र वि। पोखरेलले जानकारी दिनुभयो ।

अहिले युवतीको धौलारिगी अस्पतालमा भर्ना गरी उपचार भइरहेको र अवस्था सामान्य रहेको डा। पोखरेलको भनाई रहेको छ । गत आर्थिक वर्षमा बागलुङमा १० जनालाई डेंगुको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । डा। पोखरेलले लामखुट्टेको बस्ने पानीका खाल्टा खुल्टी पुर्ने तथा सरसफाईमा ध्यान दिनुपर्ने सुझाव व्यक्त गर्नुभयो । कोरोना महामारी फैलिएको बेला डेंगु रोगबाट बच्न झुल टागेर सुत्ने र सचेत रहनु पर्ने उहाँको भनाई रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित