कोरोनाकाबीच पूर्वाधार विकासकाको ९० प्रतिशत काम हुने !

कोरोनाकाबीच पूर्वाधार विकासकाको ९० प्रतिशत काम हुने !

Badigad Online
2 Min Read

छविलाल पाण्डे । निसीखोला गाउँपालिकाले पुर्वाधार विकास आयोजनालाई निरन्तर अगाडी बढाएको छ । पालिकाले आर्थिक बर्ष २०७६/७७ मा विनीयोजित बजेट अनुसारका पुर्वाधार निर्माण तर्फको योजनालाई निरन्तर अगाडी बढाइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

कोरोना भाइरस कोभिन १९ का कारण नेपालमा लकडाउन भएको ५४ दिन पुग्दै गर्दा देशभरको जनजिवन प्रभावित बनिरहेको छ । पालिकामा समेत लकडाउनका कारण विकास निर्माण, लक्षित वर्गका कार्यक्रम, सिपविकास तालिम लगाएतका कार्यक्रम केहि समय रोकिएपनि पछिल्लो समय पूर्वाधार निर्माणका काम जारी रहेको बताइएको हो ।

गाउँपालिका अन्तर्गतका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानोपनी, सरसफाई, सडक, पुल, सिँचाई, भवन निर्माण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा ४८ योजना रहेकोमा अधिकाशं योजना सम्पन्न भएपनी कतिपय योजनाहरु निर्माण चरणमा रहेको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । त्यसैगरी वडा अन्र्तगत रहेका योजना समेत अधिकाशं निर्माण चरणमा रहेका छन् ।
गाउँपालिकामा यस आर्थिक बर्षका योजनामध्ये ९० प्रतिशत सम्म काम सक्ने लक्ष्य रहेको बताइएको छ ।

लकडाउन लम्बिँदै गएका कारण धेरै मानिसहरु भेला भएर गरीने कार्यक्रम सिपमुलक तालिम, लक्षित बर्गका कार्यक्रम, लगाएतका केहि कार्यक्रम बाँकि रहन सक्ने अध्यक्ष पौडेलको भनाई छ । साना ठुला गरी करिब २ सय योजना रहेको पालिकामा पचास प्रतिशत बढि काम सम्पन्न भइसकेको बताइएको हो । कतिपय योजना सम्पन्न भएर लकडाउनका कारण फरफरक समेत हुन बाँकि रहेका कारण योजनाको अनुगमन गरेर लकडाउन खुकुलो भएसँगै फरफारक हुने बताउनु भयो ।

लकडाउनको समयमा खानेपानी, सिँचाई, विद्यालय भवन निर्माण, लगाएतको पुर्वाधार निर्माणको काम चलिरहेको र कोरोनाबाट बच्नका निम्ती पालिकामा थप सर्तकता अपनाएर विकास, कृर्षि लाई समेत अगाडी बढाइएको बताउनु भयो । अत्याबस्यक काम बाहेक खुलेयाम बाहिर नहिँड्न जनतालाई आग्रह गरीएको हुँदा लकडाउनको पालना भइरहेको र ग्रामिण क्षेत्रमा खेतीपातिको सिजन भएका कारण कृषकहरु कृर्षि कार्यमा ब्यस्त रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेले बताउनु भयो

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित