मुसिकोट वडा नं ८ मा ५ हजार कागतीका विरुवा रोप्ने तयारी

मुसिकोट वडा नं ८ मा ५ हजार कागतीका विरुवा रोप्ने तयारी

Badigad Online
2 Min Read

फोटो/ उज्जवल खत्री

सागर भण्डारी, जेष्ठ ४ गुल्मी । मुसिकोट नगरपालिका वडा नं ८ भित्र डेढ सय रोपनी क्षेत्रफल भित्र बाजो जमिनमा कागती खेती गर्ने तयारी गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको १० लाख बजेटमा वडा भित्र रहेका कृषकहरुलाई व्यवसायिक कागती खेती तर्फ आकर्षिकत गर्ने उद्धेश्यले कागतीका विरुवा रोप्ने तैयारी भईरहेको वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो ।

उक्त बजेट मार्फत किसानले कागतीका विरुवा रोपेको सख्ंयाको आधार र जमिनको आधारमा अनुदान पाउने उहाँको भनाई छ । चौथो बर्षबाट बिरुवाले उत्पादन दिन थाल्ने र बजारमा कागतिको माग धेरै भएकोले कृषक हरुका लागि यो अवसर निकै महत्वपूर्ण हुने वडाध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ ।

वडा नं ८ का सकौल, उकाला, अर्छुङ, रुक्से र काउलाबोट लगायतका क्षेत्रमा ५ हजार कागतीका विरुवा रोप्ने तैयारी भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कृषकहरुलाई टिमुर खेतीतर्फ आकृर्षित गर्न १ सय बोट टिमुरका विरुवा रोप्न समेत तैयारी थालिएको उहाँले बताउनुभयो ।टिमुरको माग बजारमा बढ्दो रहेको र मूल्य पनि राम्रो भएकाले टिमुर खेतीतर्फ लाग्न कृषकहरुलाई प्रोत्साहन गरिएको उहाँको भनाई छ ।

अहिले कागतीका विरुवा रोप्नका लागि खाड्ल खन्ने काम भईरहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । कागतिको लागि खाडल एक मिटर गहिराई र एक मिटर को बर्गाकार खाडल खनिने र त्यसमा २५ के जि गाई भैसिको मल राख्नु पर्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित