काठमाडौं । कोरोना संक्रमणबाट मृ*त्यु हुने पहिलो महिलाको एक महिना अघि नै नर्मल डेलीभरी भएको परिवारका सदस्यले जनाएका छन् । चिकित्सकले जेठको अन्तिम साता ‘डेलीभरि डेट’ दिएपनि व्य*थाले च्यापेपछि एकमहिना अघि नै अस्पताल लगिएको थियो ।
अस्पताल पुगेको भोलीपल्ट सामान्य व्य*था लागेर उनले बच्चा जन्माएको उनका आफन्तले जानकारी दिए । मृ*त्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँपालिका वडा नं ९ की ३० वर्षीय सुत्केरी महिला रहेको बताइएको छ । ११ दिन अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भै घर फर्किएकी सुत्केरी महिलाको अवस्था ज*टिल भएपछि उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मृ*त्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार गत महिनाको २३ गते उनलाई सुत्केरी बे*था लागेपछि उनलाई त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल लगिएको र वैशाख २४ गते उनको नर्मल डेलिभरि भएको थियो । नर्मल डेलिभरी पश्चात २५ गते डिस्चार्ज गरिएको थियो । सुत्केरी महिलाको मृ*त्यु भएपनि बच्चाको स्वास्थ्य भने स्वस्थ रहेको मृ*तकका परिवारका सदस्यले बताएका छन् । मृ*तकका श्रीमान, आमा, भाई र बैनी र बच्चाको परिक्षणका लागि स्वाब संकलन भइसकेको र आफन्त सबैलाई धुलिखेल अस्पतालको आईसुलेसनमा राखिएको छ । सुत्केरी महिलाको मृ*त्यु भएपछि धुलिखेल अस्पताल बिहान देखिनै सिल गरिएको छ ।