कोभिड १९ बाट मृ*त्यु भएको सिन्धुपाल्चोककी महिला टोखामा बस्थिन । प्र*सव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् । २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन् । त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन् । उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याइयो । त्यसको आधाघन्टामा उनको उपचारको क्रममा मृ*त्यु भयो ।
यो घ*टनाबाट के अनुमान गर्न सकिन्छ भने –
१. उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ । शिक्षण अस्पतालबाट सरेको भए सरेको ८/१० दिनमै मृ*त्यु हुने थिएन । सेप्टीसेमियाबाट मृ*त्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन । सामान्यतया संक्रमण भएको ३ /६ हप्तामा मृ*त्यु हुन्छ । उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना संक्रमण भएको हुनसक्छ ।
२. कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्र*सुती गराउने बिरामीलाई पिसिआर परिक्षण गरेको भए उनलाई प्र*सव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो ।
३. गर्भवती तथा सुत्केरीलाई जो*खिम बर्ग मानिन्छ । यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो ।
४. हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ । सर्जरी गर्ने तथा प्र*सव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ । यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन ।
५. अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ ।
डा. रविन्द्र पाण्डेयको फेसबुकबाट
.