खान बोलाएर घनले हा*नेर साथीको ह*त्या गरी बारीको डिलमा गाडे,१ महिना पछि श*व निकालियो

खान बोलाएर घनले हा*नेर साथीको ह*त्या गरी बारीको डिलमा गाडे,१ महिना पछि श*व निकालियो

Badigad Online
2 Min Read

पोखरा । पोखरा १४ समिनतारामा साथीको ह*त्या गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई प*क्राउ गरेको छ । करिब एक महिना अघि घनले हा*नी गोर्खा भिलेज बस्दै आएका समिनतारका २० वर्षीय विमल रानाभाटलाई उनका साथी २० वर्षीय ज्ञानबाहादुर परियार र अन्य ३ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले प*क्राउ गरेको हो ।

ह*त्यामा संलग्न भएको भन्दै ज्ञानबहादुर सहित उनका साथिहरू १८ वर्षीय कुमार परियार, १८ वर्षीय संजय दर्जी र बागलुङ गोलकोट घर सोहि स्थानमा बस्दै आएका १९ वर्षीय सागर परियारलाई प*क्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी निरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

विमलको टाउकोमा घनले हा*नी ह*त्या गरेका थिए । विमलको मृ*त्यु भएपछि उनको श*व घर पछाडी करिब ३०/४० मिटर पर रहको बारीको डिलमा लगि गा*डेका थिए । घ*टना घटेको करिब एक महिना पछि विमलको श*व सडेको अवस्थामा निकालीएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक दानबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले श*व निकालेको थियो ।

“पोखरा १४ समिनतारामा करिब एक महिना अघि एक जनालाई मा*रेर गा*डेको अवस्थामा उत्खनन् गरेका छौँ । घ*टना कहिलेको भन्ने खुलिसकेको छैन” प्रवक्ता अधिकारीले भने, “हामिलाई मानिस हराएको र उनको ह*त्या भएको भन्ने सुचना प्राप्त भयो, सोहि सुचनाको आधारमा हामिले खोज तलासी गर्ने क्रममा शं*कास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लियौ । ह*त्याको आशंकामा ज्ञानबहादुर लगायत अन्य ३ जनालाई प*क्राउ गरेका छौँ” उनले भने ।

उनीहरुलाई सोहि स्थानबाट नै प*क्राउ गरेको अधिकारीले बताए । श*वलाई पो*ष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको प्रवक्ता अधिकारीले जानकारी दिए । घ*टनाको बारेमा थप अ*नुस*न्धान भइरहको उनले बताए ।
भिडियोमा हेर्नुहोस्

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित