बडिगाड अनलाइन बन्यो बेसहाराको सहारा : श्याम बहादुरलाई आयो यति सहयोग !

बडिगाड अनलाइन बन्यो बेसहाराको सहारा : श्याम बहादुरलाई आयो यति सहयोग !

Badigad Online
2 Min Read

बाग्लुङ । सहारावीहिन ढोरपाटन नगरपालिका वडा न. ०२ अर्नाकोट का श्याम बहादुर कुँवरलाइ दुवईबाट चालीस हजार नगद सहयोग आएको छ । उनको अवस्थाका बारेमा बडिगाड अनलाईनले कार्यक्रम भित्रि कथा कार्यक्रम उत्पादन र समाचार सम्प्रेषण गरेसगैं उक्त कार्यक्रम हेरेर दुवईमा बस्ने सहयोगी मनहरुले रकम सकंलन गरि पठाउनुभएको छ ।

शरिरको देब्रे भाग पुरै पक्षघात भएर बिस्तारामै थला परेका श्याम बहादुरको घरमा कोहि छैनन् । लामो समय भारतमा मजदुरी गरेर जिविकोपार्जन गरेका उनले भारतमै बिवाह गरेका थिए । उनलाइ रोगले च्यापेपछी घर फर्किए । अहिले उनको श्रीमती र दुई सन्तान कहाँ छन् उनलाइ पनि थाहा छैन । करिव ५ बर्ष पक्षघातका कारण थला परेका उनी आफ्नै घरबाट चिच्याएर गुहार माग्थे र घरमा कसैले रासन ल्याइदियो भने पकाएर खान्थे तर बिगत ३ महिना यता उनि बिस्ताराबाट उठ्नै नसक्ने अवस्थामा थला परेका छन् ।

उनको यस्तो बिजोग अवस्था आएपछी स्थानिय जित बहादुर कुँवरले बडिगाड अनलाइनलाइ खबर गर्नुभएको थियो । बडिगाड अनलाइन बाट जीवन पाण्डे त्यहा पुगेर कार्यक्रम “भित्री कथा“ निर्माण गरे पछाडी पीडा देखेर पहिले अर्नाकोट घर भएका र हाल बुटवल बस्दै आउनुभएका शेर बहादुर महतका दुई छोरा चन्द्र बहादुर महत र चुरा बहादुर महतले दुवईबाट अभियान चलाएर नेपाल, भारत, पाकिस्तान,फिलिपिन्स लगायतका विभिन्न देशका दाजुभाइलाई बडिगाड अनलाइनको भिडियो देखाएर सहयोग उठाइ चालीस हजार तिन सय तेईस रुपैयाँ सहयोग रकम पठाउनुभएको छ ।

साथै बडिगाड अनलाइनको टिमले उहालाइ काठमाण्डौ स्थित बुढानिलकण्ठ सोसल केयर सेण्टर मा लैजाने तयारी भएपनी लकडाउन ले गर्दा समस्या भएको छ । अहिलेको अवस्थामा उहाँलाइ हेरचाह गर्न ढोरपाटन नगरपालिका वडा न. २ का वडाध्यक्षले १ महिनाको लागि दश हजार दिएर स्थानिय एक व्यक्तिलाइ हेरचाह गर्न भन्नुभएको छ ।

बिदेशबाट रकम सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई बडिगाड अनलाईन परिवार हार्दिक आभार व्यक्त गर्दछ !

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित