विराटनगर । विराटनगरका औषधि व्यवसायीको ह*त्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा ह*त्या भएको थियो ।
विराटनगरमा औषधि व्यवसाय गर्दै आएका उनको ह*त्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ । दुवै जनालाई प्रहरीले प*क्राउ गरिसकेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले औषधि व्यवसायीको ह*त्या नै भएको पुष्टि गर्दै घ*टनामा संलग्नहरुलाई प*क्राउ गरिसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतीकै योजनामा घ*टना भएको देखिन्छ ।
सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर ह*त्या गरेको प्रारम्भिक अ*नुस*न्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै ह*त्या गरेको खुलेको छ । ब्रह्म्मदेवले खुट्टा र शरीर थि*चेपछि श्रीमतीले घाँटीमा कसेर ह*त्या गरेको प्रारम्भिक अ*नुस*न्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठो*क्किएर देवीप्रसादको वायाँ आँखामा चो*ट समेत लागेको प्रहरीको भनाइ छ ।
दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए। ओछ्यानमै बे*होस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनसाथ मृ*त घोषित गर्दै चिकित्सकले मृ*त्यु अस्वभाविक रहेको जनाएपछि घ*टनाका बारेमा अ*नुस*न्धान थालिएको एसपी अधिकारीको भनाइ छ । अ*नुस*न्धानबाट घ*टना ह*त्या नै हो भन्ने पुष्टि भएको जानकारी उहाँले दिनुभयो ।
दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चो*ट लागेको र मुखबाट र*गत पनि बगिरहेको अवस्थामा श*व थियो । उनी सुतेको ओछ्यानमा र*गत लतपतिएको थियो भने घाँटीमा डोरीले क*सेको डा*म थियो । शनिबार राति औषधि व्यवसायीहरु धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र मृ*कत दुलालसहित दुलालकै डेरामा बसेर म*दिरा सेवन गरेको खुलेको छ । काफ्ले र श्रेष्ठ राति ९ बजे दुलालको डेराबाट बाहिरिएका थिए । त्यसका आधारमा प्रहरीले काफ्ले र श्रेष्ठ तथा दुलालकी श्रीमती मीनासँग सोधपुछ गर्दै घ*टनाको अ*नुस*न्धान अघि बढाइएको जनाएको छ । घ*टनामा काफ्ले र श्रेष्ठको भने सं*लग्नता पाइएन ।
दुई जना त्यहाँबाट निस्किएपछि प्रेमीसँग मिलेर श्रीमतीले राति ११ बजे दुलालको ह*त्या गरेको अ*नुस*न्धानबाट खुलेको छ । प्रहरी नि*यन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृ*त्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेको प्रहरी स्रोतको भनाइ छ । श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सुतेका बेला घ*टना भएको उनको दाबी थियो । सुतेको ओछ्यानमा बे*होस अवस्थामा भेटिएको भन्दै मीनाले नै केही व्यक्तिको सहयोगमा श्रीमानलाई उपचारका लागि भनेर अस्पताल पु¥याएकी थिइन् । प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । ब्रह्मदेव चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे ।
त्यही क्रममा मीनासँग उनको हि*मचिम बढेको चा*ल पाएर श्रीमान देवीप्रसाद दुलालले ब्रह्मदेवलाई पाँच महिनाअघि कामबाट निकालिदिएको खुलेको प्रहरीका एक अधिकारीले बताए । प्रहरीका अनुसार उनलाई कामबाट निकालेको विषयमा मीनाले श्रीमानसँग वि*वाद समेत गरेकी थिइन् । ‘कामबाट निकालिदिएपछि पनि मीना र ब्रह्मदेवबीच फोन र सामाजिक सञ्जालमा निरन्तर सम्पर्क भइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यो कुरा पनि श्रीमानले थाहा पाएर त्यसो नगर्न श्रीमतीलाई सम्झाई–बुझाई गरिरहेको समयमा ह*त्या गर्ने योजना बनेको पाइयो ।’
प्रहरीका अनुसार प्रेममा बा*धक बनेको भन्दै मीनाले शुक्रबार प्रेमीसँग सल्लाह गरेर ह*त्याको योजना बनाएको प्रारम्भिक अ*नुस*न्धानबाट खुलेको छ । ह*त्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घ*टनालाई स्वभाविक मृ*त्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले घ*टनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झा*डीमा फेला पारेको छ । ह*त्यामा संलग्न ब्रह्मदेवलाई प्रहरीले आइतबार साँझ विराटनगरको बरगाछीबाट प*क्राउ गरेको थियो ।
दुलालले आफ्नो औषधि डिलरबाट निकालिदिएपछि उनी बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्न थालेको पाइएको छ । ह*त्यामा संलग्न दुवैवि*रुद्ध क*र्तव्य ज्या*न मु*द्दा चलाउन अ*नुस*न्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् । (साभार अन्नपूर्ण पोष्ट)
भिडियो हेर्नुहोस्