सुमन सुनार/बुर्तिबाङ/जेष्ठ ५ गते । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ स्थित उत्तर गंगा माध्यमिक विद्यालयमा रहेको नेपाल आर्मीको श्री. सत्रुमर्दन गुल्मले आज कोरोनाभाईरस कोभिड १९ को संक्रमणबाट मृ*त्यू भएकाहरुको श*व व्यवस्थापन सम्बन्धी विशेष डेमो प्रदर्शन गरेको छ । नेपाली सेनाको टोलीले उत्तर गंगा माध्यमिक विद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजना गरी डेमो तथानात्य श्रृंखला प्रस्तुत गरेको हो ।
कोरोनाले मृ*त्यु भएकाहरुको श*व व्यवस्थापनमा अपनाईने साबधानी तथा पिपिई सामाग्रीको प्रयोग, भेहिकल, विसंक्रमण सम्वन्धी डेमो प्रस्तुत गरेको थियो । उक्त डेमोमा मृ*त्यु भएको श*व व्यवस्थापनदेखि परिवार, स्वास्थ्यकर्मी र समुदायलाई सुरक्षित बनाउने उपायको बारेमा नाटक मार्फत जानकारी गराईएको थियो । अभ्यासकालागि एक मानिसको पुत्ला*शवको रुपमा राखिएको थियो । श*वलाई अस्पतालको बेडबाट उठाएर सवारी साधनमा राख्ने देखि दाह*संस्कार सम्म कसरी जोखिमबाट जोगिने भन्नेबारे अभ्यास गरिएको थियो ।
श*वको व्यवस्थापन गर्दा पिपिई लगाउने, श*वमा ओढाउने लुगा देखि, बोक्ने सामाग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, समुदायलाई टाढै राखेर श*वको व्यवस्थापन गर्ने गरी अभ्यास पनि गरिएको थियो । कार्यक्रममा बागलुङमा रहेको नेपाल आर्मीको २३ नम्बर बाहिनी अड्डाका प्रमुख सहायक रथी पवन दास घिमिरे, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली,निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ आचार्य, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ढोरपाटन नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेल सहित नेपाल आर्मी, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार लगायतको विशेष उपस्थिति रहेको थियो ।
बुर्तिबाङमा रहेको नेपाल आर्मीको टोलीले यस क्षेत्रको कोरोना रोकथाम र व्यवस्थापनकालागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।