भारतबाट बाग्लुङमा पनि आए १६ जना, कुन पालिकामा कति आए ? हेर्नुहोस्

भारतबाट बाग्लुङमा पनि आए १६ जना, कुन पालिकामा कति आए ? हेर्नुहोस्

Badigad Online
1 Min Read

बागलुङ । कैलाली हुँदै भारतबाट आएका १६ जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । सोमबार राति बागलुङ बजार आइपुगेका उनीहरुलाई मंगलबार विहान सम्बन्धित पालिकामा पठाइएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाले जानकारी दिनुभयो ।

उनीहरुसहित कैलालीबाट आएका बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेका ३ जनालाई धौलागिरी प्राबिधिक शिक्षालय क्वारेन्टाइनमा राखिएको उनीहरुको उद्धारमा लाग्नुभएका अधिवक्ता राम शर्माले जानकारी दिनुभयो । भकुण्डेका ३ जना एकै परिवारका श्रीमान, श्रीमती र उनीहरुको बच्चा भएको पाइएको छ । उनीहरु आफन्तलाई भेट्न लकडाउन अगाडी कैलाली पुगेका थिए ।

अन्य १६ जना मध्ये ताराखोला गाउँपालिकाका ६ जना, ढोरपाटन नगरपालिकाका ८ जना र तमानखोला गाउँपालिकाका २ जना रहेका छन् । उनीहरुलाई पालिकाहरुले निर्माण गरेको क्वारेन्टाइनमा राखिने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिनुभयो । उनीहरुलाई हाल क्वारेन्टाइनमा राख्ने र निश्चित अवधी पुगेपछि स्वाब गरीक्षण गरिने अध्यक्ष घर्तीको भनाई छ ।

आदर्श अनलाईनमा डम्मर बुढा मगरले यो समाचार लेख्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित