बुुटवल । सोमबार कोरोना पुष्टि भएका रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालको भेन्टिलेटरमा रहेका छन । उनी गुल्मी मदाने गाउँपालिका ६ पुर्कोटदहका ४१ वर्षिया पुरुष हुन् । उनी सि*किस्त छन् । अवस्था चि*न्ताजनक छ । १०/१५ दिन अघिदेखि ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गरी टाइफाइडको औषधि खाएका थिए ।
यद्यपी निको नभएपछि पुनः परीक्षण गर्दा उनमा जन्डिस र मृर्गौलाको समस्या देखिएको भन्दै बुटवल पठाइएको थियो । उनी उपचारको क्रममा वैशाख १ गते अर्घाखाँचीको छाँया पोलिक्लिनिक हुुँदै क्रिमसन अस्पतालमा आएका थिए । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा उपचार भइरहेको छ । उनी गाउँकै एक विद्यालयका शिक्षक हुुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बिरामीको अवस्था स्थिर रहेको जानकारी दिनुभयो ।
‘अवस्था ग*म्भीर छ के हुन्छ, भन्न सक्ने अवस्था छैन । उहाँलाई मस्तिक ज्वरो भनेर अस्पतालमा भर्ना गरिएको रहेछ । उहाँलाई पिसिआर जाँच गर्दा कोरोना देखियो । कोरोना अस्पतालमा सारे पनि भेन्टिलेरटमा राख्नुुपर्छ । त्यहाँ पनि अहिले भेन्टिलेरटमा हुनुहुन्छ । अस्पतालमै उपचार भइरहेको छ’ प्रवक्ता चौधरीले भन्नुभयो । ज्वरो बढ्दै जानु, स्वास्प्रश्वासमा समस्या देखिएपछि शंका लागेर भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ४१ वर्षीया ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले संक्रमित बिरामी उपचार भइरहेको बताउनुभयो । उहाँले अस्पतालमा बिरामी चिकित्सकको निगरानीमा भएको बताउनुभयो । बिरामीको मृ*त्यु भयो भनेर नचाहिने हल्ला फैलाइयो । बरु अस्पताल भित्र रहेका चिकित्सक, नर्स, बिरामी र बिरामीका आफन्त गरी ३ सय जना भित्र थुनिएकाहरुलाई कसरी व्यवस्थापन गर्ने सरकारले छिटो योजना बनाउनु पर्नुपर्छ ।’ सुुविधासम्पन्न अस्पताललाई बिरामी पनि भेटिएकोले क्रिमसनलाई कोरोना विशेष अस्पताल बनाउनुपर्ने दबाब छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले अस्पताल भित्र रहेका चिकित्सक, स्वास्थ्यकर्मीको छिटो पिसिआर जाँचको पहल थाल्नुपर्ने बताउनुभयो । उहाँले अस्पताललाई कोरोना अस्पतालको रुपमा रुपान्तरण गर्दा पनि हुने बताउनुभयो । अस्पताल हिजोदेखि शिल गरिएको छ । उनी लकडाउन हुनुपूर्वदेखि नैं जिल्लामा थिए । उनको परिवारलाई गाउँपालिकाले होम क्वारेन्टाइनमा राखेको छ । उनलाई कसरी कोरोना देखियो अहिले यात्रा विवरण खोजी गर्दा पनि संक्रमण कहाँ भयो भन्ने पत्ता लाग्न सकेको छैन ।
उनी उपचारका लागि पुुगेको अर्घाखाँचीको छायापोलिक्लिनिक पनि शिल गरिएको छ । परिवारले उनको पुन कोरोना जाँच गर्न माग गरेपछि फेरि कोरोना जाँच हुने भएको छ । (साभार राजधानी दैनिक)