लमजुङ् अस्पतालमा कोरोना सक्रंमितको मृ*त्यु भएपछि…..?

लमजुङ् अस्पतालमा कोरोना सक्रंमितको मृ*त्यु भएपछि…..?

Badigad Online
2 Min Read

लमजुङ । जिल्ला सामुदायिक अस्पतालको आइसुलेसन कक्षबाहिर केही व्यक्ति रुँ*दै थिए । भित्र एकजना कोरोना संक्रमितको मृ*त्यु भएको थियो । एकैछिनमा स्वास्थ्य सुरक्षा कवज लगाएका प्रहरीले अस्पताल घेरा हाले । पीपीई लगाएका नेपाली सेनाको टिम आयो र स्प्रे गर्न थाल्यो ।

अस्पतालको चारैतिर र आइसुलेन कक्षमा स्प्रे गर्दै सेनाले श*व प्लाष्टिकमा र्बेयो । प्रहरीले मु*चुल्का उठायो । श*व उठाएर श*वबहानमा राखियो र बाहिर लगियो । तर, यो घ*टना काल्पनिक मात्रै थियो…. कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट कुनै विरामीको मृ*त्यु भएमा श*व व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सुरक्षा निकायले गरेको नमूना अभ्यास हो यो ।

नेपाली सेनाको श्रीजंग गण, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायत सुरक्षा टिम, अस्पतालको सहयोगमा बेंसीसहर स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उक्त अभ्यास गरिएको थियो । श*व ब्यवस्थापनमा प्रहरी र श्री जंग गणका ‘डेड बडी म्यानेजमेन्ट टिम’ खटिने भएको छ । अभ्यासमा अस्पतालको आइसोलेशन वार्डमा कोरोना लागेका व्यक्तिको मृ*त्यु भएपछि स्वास्थ्य र सुरक्षामा खटिने दुवै पक्षले व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई मृ*त शरीरको व्यवस्थापन गरिएको कुरा देखाइएको थियो ।

कोभिडबाट मृ*त्यु भएका श*व व्यवस्थापन कसरी गर्ने भन्ने अन्तराष्ट्रिय मापदण्ड अनुसार अस्पतालमा अभ्यास गराइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो । यो अभ्यासले कोरोनाबाट कुनै दु*खत घ*टना भैहाले काम गर्न सहज हुने उहाँले बताउनुभयो । जो*खिम न्युनिकरणका लागि नेपाल सरकारबाट प्राप्त श*व व्यवस्थापन सम्बन्धी कार्यविधि र मापदण्डलाई आधार मानी अभ्यास गरिएको श्रीजंग गणका प्रमुख सेनानी जयराम थापाले बताउनुभयो ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा गरिएको श*व व्यवस्थापन सम्बन्धी अभ्यासले जिल्लाका सुरक्षा निकाय र स्वास्थ्यकर्मीलाई अबको दिनमा सहज बनाउने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट मृ*त्यु भएमा कसरी श*व व्यवस्थापन गर्ने भनेर एकमहिना अघि कार्यविधि बनाएको थियो । (साभार अन्नपूर्ण पोष्ट)

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित