काठमाडौं । नेपाली सिने जगतका ‘हट केक’ मानिएका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले हालै धुमधामका साथ विवाह गरे । यहि फागुन १६ गते कानुनी र १७ गते परम्परागत रुपमा विवाह गरेका यी जोडीको प्रेम अफेयर्सका बारेमा खुबै चर्चा चलेको थियो । बिहे अगाडि ‘ब्याचलर पार्टी, मेहेन्दी र संगीत सेरेमोनी गरेर चर्चा बटुलेका यी जोडीका विवाह र पहिरनका बारेमा प्रशंसा र आलोचना पनि उत्तिकै चल्यो ।
प्रियंकाको यो भन्दा पहिले नै एउटा बिवाह असफल भएपछि उनले दोश्रो बिवाह गर्दै थिइन् । उनले कलाकारितामा जना चाहने र उनका पुर्व श्रीमानले कलाकारितामा रोग लगाएका कारण उनीहरुको सम्बन्ध टुटेको थियो । प्रियंकाले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीरहरुमा नेपाली मौलिक परम्पराभन्दा पनि भारतीय संस्कार झल्किएपछि उनका शुभेच्छुकहरुले गाली गरेका छन् । भारतीय संस्कारको नक्कल गरेको भन्दै उनीहरुमाथि खनिएका शुभेच्छुकहरुका लागि प्रियंकाले प्रष्टीकरण नै दिनुपरेको छ ।
बधाई र गाली सँगसँगै बर्षिएपछि उनले शुभेच्छुकहरुलाई स्पष्ट पार्न खोजेकी छन् । प्रियंकाले आफूहरु दुवैको मावलीको पुर्खा भारतीय भएको खुलाएकी छन् । उनले आमापट्टिको पुर्खालाई सम्मान गर्न भारतीय र नेपाली संस्कार मिश्रण गरेका हौं’ भनेर स्पष्ट गरेकी छन् । उनले लेखेकी छन– ‘मेरी आमा रक्षा मल्होत्रा आधा नेपाली र आधा पञ्जाबी हुनुहुन्छ । हाम्रो आमापट्टिको हजुरबा पञ्जाबी हुनुहुन्छ र हाम्रो परिवार अमृतसर र हरियाणामा छ । आयूष्मानको पनि आमाको हजुरबा पनि पञ्जाबी हुनुहुन्छ । उहाँको देशराज थर त्यतैबाट आएको हो ।’
यसै क्रममा विवाह भन्दा अघि पनि विभिन्न कुराले चर्चामा आइरहेको यो जोडी विवाह पछि अझ धेरै चर्चामा आइरहेको छ । यसै बिच यो जोडी फेरी चर्चामा आएको छ । चर्चामा आउनुको कारण हो दुवैले आफ्नो नाम पछाडि राखेको थर । दुवैले आफ्नो नाममा चार९चार वटा थर प्रयोग गर्न थालेका छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रियंकाले आयुष्मानको थर थपेकी छिन् जस अनुरूप उनले इन्स्टामा आफ्नो नाम प्रियंका कार्की डीएस जोशी लेखेकी छिन् ।
आयुष्मानले बुवा र आमा दुवैको थर प्रयोग गर्दै देशराज जोशी श्रेष्ठ लेख्ने गरेका थिए । अब श्रीमतीको थरलाई पनि आफ्नो नाममा समेट्दा उनको नाम पछाडि छर थर जोडिएको हो । यसै गरी आयुष्मानले पनि आयुष्मान डीएसके जोशी अर्थात् देशराज, श्रेष्ठ, कार्की जोशी राखेका छन् । प्रियंकाले थर मोडिफाइ गरेको केही स्मायमा नै आयुष्मानले पनि आफ्नो इन्स्टाग्राममा थर मोडिफाइ गरेका हुन् । आयुष्मानको थर पहिल्यैबाट तीन वटा थिए ।
उनका बुवा जोशी हुन् भने आमा देशराज श्रेष्ठ लेख्ने गर्छिन् । आयुष्मानको नाममा ‘देशराज’ मावली तर्फबाट आएको हो । रविनाका पूर्व पति जोशी हुन् । विशाल खबरबाट