बुटवल । बुटवलको क्रिमसन अस्पतालमा उपचारत कोभिड (१९ संक्रमित गुल्मीका पुरूषको मृत्यु भएको भन्ने समाचार सही नभएको अस्पतालले जनाएको छ । आफूकहाँ उपचाररत कोभिड १९ संक्रमित पुरूषको मृत्यु भएको भन्ने समाचारको बुटवलको क्रिमसन अस्पतालले खण्डन गरेको छ ।
विभिन्न सञ्चार माध्यममा गुल्मीका ती पुरूषको मृत्यु भएको भनेर हिजो ६ जेठदेखि नै आएका समाचारलाई अस्पतालले ‘गलत, भ्रमाक र अंतिरजीत’ भएको भन्दै त्यसको पछि नलाग्न आग्रह गर्दै एक विज्ञप्ती जारी गरेको छ । आज पनि मृत्युको समाचार फैलिएपछि अस्पतालले उनको मृत्यु भइनसकेको बताएको छ । उहाँलाई भेन्टिलेरमा राखेर उपचार गरिरहेको भन्दै अस्पतालले मृत्यु भएको भन्ने समाचार सहि नभएको र अवस्था भने जटिल नै रहेको बताएको छ ।
गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षीय पुरूष १ जेठदेखि अस्तपालमा उपचाररत छन् । १ जेठमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याले आएका ती पुरूषको स्वाब संकलन गरी राष्ट्रिय गहुँबाली अनुसन्धान प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । यस अगाडी विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई आधार मानी बडिगाड अनलाईनमा आएको समाचारप्रति हामी क्षमा याचना चाहान्छौँ ।