सार्वजनिक गरियो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा !

सार्वजनिक गरियो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा !

Badigad Online
1 Min Read

काठमाण्डौ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले बुधबार एक पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । अब यो नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको छ ।

सरकारले जारी गरेसँगै अब यो नयाँ नक्सा प्रचलनमा आउनेछ । नक्सा सार्वजनिक कार्यक्रममा यसअघिको नक्सामा नाबी, कुटी तथा गुन्जीलगायतका नेपालका भूमि छुटेको भन्दै त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको मन्त्री अर्यालले कार्यक्रममा बताएकी छिन् । उनले नेपालको नयाँ नक्साबारे भारतबाट पनि सकारात्मक प्रतिक्रिया आउने विश्वास सरकारले लिएको पनि बताएकी छिन् ।

कार्यक्रममा उनले अब नक्सा प्रयोग गर्ने ठाउँमा यही नयाँ नक्सालाई प्रयोग गर्न पनि अनुरोध गरेकी छिन् । भारतले नेपाली भूमि अतिक्रमण गरेर मानसरोबर जाने सडक बनाएपछि नेपालको मन्त्रिपरिषद् बैठकले सोमबार यो नयाँ नक्सा पारित गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित