निसीखोला भोलि देखि सील हुने !

निसीखोला भोलि देखि सील हुने !

Badigad Online
2 Min Read

छविलाल पाण्डे । निसीखोला गाउँपालिकाले लकडाउनलाई थप व्यवस्थित गर्ने भएको छ । बुधबार गाउँपालिकाको आयोजनामा सर्वदलीत, सर्वपक्षिय छलफलको आयोजना गर्दे अवका दिनमा पालिकाभित्र लकडाउनलाई थप प्रभाबकारी बनाउने, प्रत्यक वडामा क्वारेन्टाईन निर्माण गर्ने, प्रकोप कोष अगाडी बढाउँदै फुड बैँक स्थापना गर्ने, तेश्रो मुलकबाट आउने पालिकाका नागरिकलाई दुई हप्ता अनिवार्य क्वारेन्टाईनमा राख्ने लगाएतका विषयमा छलफल एवम निर्णय गरीएको हो ।

गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहिको विशेष उपस्थिती, गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष सोझा कार्कि, ७ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, राजनैतिक दलको तर्फबाट नेकपाका प्रेम घर्ति, नेपाली काँग्रेसका राजमान बुढा, राजमोका थमन घर्ति, राप्रकाका दिपक कुवँरसमाजसेवी, बुद्धिजिवी , कर्मचारी लगाएतको उपस्थितीमा भएको छलफलबाट निसीखोला गाउँपालिकालाई भोलीदेखिनै पूर्ण रुपमा शिल गर्ने, पालिकाका सबै नाकामा कडाई गर्ने निर्णय गरीएको छ ।

त्यसैगरी एम्बुलेन्स लगाए अत्यबस्यक सवारीका साधन बाहेक अन्य सवारी चल्न नदिने, हालसम्म पालिकाले बनाएको क्वारेन्टाईनलाई थप बनाउँदै प्रत्यक वडामा वडाका जनप्रतिनधिको रहोभरमा रहने गरी क्वारेन्टाईन स्थल निर्माण गर्ने, पालिका भित्रका गरीव, विपन्न परिवारलाई दोश्रो पटक राहात वितरणका निम्ती कार्यक्रम अगाडी बढाउँदै पालिकाले सञ्चालनमा ल्याएको प्रकोप कोषलाई अगाडी बढाउँदै सहयोग गर्ने दातालाई कोषमा रकम जम्मा गर्न आग्रह गर्ने निर्णय भएको हो ।

फुड बैँक स्थापना गरी पालिका द्धारा स्थानिय स्तरमा उत्पादित खाद्य बस्तु जम्मा गर्ने र सहयोग गर्न चाहानेलाई समेत बैँकमा खाद्यान्न जम्मा गर्न अपिल गर्ने, भारत लागयत तेश्रो मुलुकबाट आउने पालिकाका नागरीकलाई गाउँ फर्किएपछि दुई साता अनिवार्य क्वारेन्टाईनमा राख्ने लगाएतका निर्णय गरीएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित