कमल पौडेल/ खर्वाङ । वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा न*ष्ट भएको छ। राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानियको सक्रियतामा राति ११ बजे पछि नि*यन्त्रणमा आएको थियो।
घर र गोठ एकैठाउँमा तथा खरको छानो भएको र राती भएकोले गोठमा बाँधीएका पशु फुकाउनु बाहेक केहि जो*गाउन नसकिएको र २ लाख ४५ हजार बरावरको क्ष*ति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले बताउनु भएको छ। घर धनि सुरज म*दिराले माती घरमा श्रीमति राधिका र छोरा छोरीलाई पि*ट्न थालेपछि भागेको र सोहि समयमा सुरजले नै आफ्नै घरमा आगो लगाएको स्थानियले बताएका छन्।
पि*डित राधिकाले श्रीमान्ले आफुहरुलाई कु*ट्न थालेपछि छोराछोरी हातमा लिइ ज्या*न व*चाउँन छिमेकीको घरमा पुगेको त्यतिनै बेला रिसले चु*र भएका श्रीमान्ले आगो लगाएको बताइन्। घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानियले घर भित्रैबाट निकालेका थिए। आगो नि*यन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नि*यन्त्रणमा लिई प्रहरीचौकी खर्वाङमा राखेको छ। घ*टनाको थप अ*नुसन्धान भैरहेको र आ*रोपित सुरजलाई जिल्ला चलान गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ।
उता यस वर्ष वडा कार्यालयको खरको छानो विस्थापित गरि टिनको छाना लगाउने गरि तयार गरिएका सवै काठ सहित सिँगो घर गोठ नै ज*लेपछि परिवार वि*चल्लीमा परेको छ। दैनिक रुपमा ज्याला मजदुरीवाट गुजारा गर्दै आएको परिवारमा लत्ता कपडा सहित घरमा भएको सवै ज*लेपछि वि*चल्लीमा परेको हो। परिवारमा श्रीमान्, श्रीमती सहित ३ छोरा र १ छोरी रहेका छन्। जेठो छोराले काठमाडौंमा होटलमा काम गर्ने गरेपनि अहिले बन्दाबन्दिले स*मस्या परिरहेको र घरमा रहेका छोरा छोरी साना भएकोले थप स*मस्या पर्ने देखिएको हो।
अहिले छिमेकीको घरमा आ*श्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपाल सहित सहयोग गर्ने अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुभएको छ । वि*चल्लीमा परेको सो परिवारलाई सहयोगको खाँचो देखिएको छ ।