भारतीय मिडियाले मनिसाको विरोध गरेपछि रविले दिए यस्तो चुनौती !

भारतीय मिडियाले मनिसाको विरोध गरेपछि रविले दिए यस्तो चुनौती !

Badigad Online
2 Min Read

थुप्रै भारतीय चलचित्रमा अभिनय गरेकी नेपाली मूलकी नायिका मनिषा कोइरालाले गरेको एउटा ट्विट भाइरल भएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेपछि नयाँ नक्सा जारी गर्दै ती भूभाग समेत समेट्ने निर्णय नेपाल सरकारले गरेपछि त्यसमा अभिनेत्री कोइरालाले समर्थन जनाएकी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटमा कोइरालाले धन्यवाद दिँदै समर्थन जनाएकी छन् ।

प्रदीप ज्ञवालीले ट्विट गरेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्दैछ ।’ यसलाई रि–ट्विट गर्दै अभिनेत्री कोइरालाले लेखेकी छन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा धन्यवाद ! हामी सबै तीन महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षा गर्दैछौं अब हात मिलाएर ।’

अभिनेत्री कोइरालाले रिट्विट गरेपछि भारतीय सञ्चारमाध्यममा भाइरल भएको छ । भारतीय मिडियाले नेपालको दाबीलाई पूर्वाग्राही रुपमा हेर्ने गरेका भएका छ्न् । केही हप्ताअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक क्षेत्र हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेपछि अतिक्रमण विवाद बल्झिएको थियो । त्यसमै टेकेर सरकारले मन्त्रिपरिषद् बैठकबाट नयाँ नक्सा पारित गरेको छ ।

भारतको लोकप्रिय सञ्चारमाध्यम आजतकको अनलाइन संस्कारमा लेखिएको छ, ‘भारत–नेपाल सीमा विवादबीच अभिनेत्री मनिषा कोइरालाको प्रतिक्रिया आएको छ । मनिषा नेपाली मूलकी हुन् । मनिषाले कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा राख्ने नेपाल सरकारको कदमलाई समर्थन गरेकी छन् । केही सञ्चार माध्यमले भारतको खाएर चीनको गीत गाउने भनेर कोईरालाको टिप्पणी पनि गरेका छन् ।

यसैबीच नेपालका चर्चित पत्रकार रवि लामिछानेले भारतीय मिडियाको उक्त कदम प्रति कडा टिप्पणी गरेका छन् । मनिषाको एउटा टिप्पणीले भारतीय मिडिया हल्लीन पर्ने कारण के समेत भनेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित