मुसिकोट १ को कालुङ्गा छत्रकोट लिफ्टिङ खानेपानी आयोजनाको सफल परिक्षण !

मुसिकोट १ को कालुङ्गा छत्रकोट लिफ्टिङ खानेपानी आयोजनाको सफल परिक्षण !

Badigad Online
2 Min Read

हरि पाठक,गुल्मी । मुसिकोट नगरपालिका– १ चैनडाँडा, गुल्मीमा निर्माणाधीन कालुङ्गा छत्रकोट लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिद्युतीय प्रबिधिको सहायता मोटरद्वारा निस्तीखोलाको किनारमा रहेको कालुङ्गा खोलाको मुहानबाट रिजर्भ टंकी देखि चाँप र छत्रकोटमा रहेको अन्तिम गरि २ वटा बितरण ट्याङ्कीसम्म पानी तानेर आयोजनाको सफल परिक्षण गरिएको छ ।
परिक्षण सफल भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । हाललाई भने छत्रकोटको मन्दिर नजिकै रहेको ट्याङ्की सम्म मात्रै पानी आएको बताईएको छ । मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत आयोजना सञ्चालन भने अर्को बर्षसम्म पूरा गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका सल्लाहकार रोमाकान्त खरेलले बताउनुभयो ।

कोरोनाका कारण प्रभावित बनेका आयोजनहरुको काम अघि बढाउन नगरपालिकाले आग्रह गरेपनि उक्त खानेपानी आयोजना भने पहिले देखि ठप्प रहेको र सोमबार पानी तानेर सफल परिक्षण गरिएको बताईएको छ । एक घर एक धारा कार्यक्रम अन्तर्गत भौतिक पूर्वधार तथा बिकास मन्त्रालय प्रदेश सरकारको कुल ४ करोड ८६ लाख बजेट मध्ये हालसम्म १ करोड ५० लाख बराबरको काम पुरा भएको आयोजनाका अध्यक्ष होम बहादुर बलामीले जानकारी दिनुभयो । जसमध्ये अहिलेसम्म मुहानमा १ ठाउँ र अन्य ३ ठाउँमा गरी ४ वटा ट्याङ्की बाँध्ने काम सम्पन्न भईसकेको र मुहानदेखि छत्रकोटसम्म पाईपलाईन बिच्छाउने काम पनि सम्पन्न भईसकेको उहाँले बताउनुभयो ।

बाँकी रहेको काम भने कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउन अन्त्य भएपछि मात्रै गरिने उहाँको भनाई छ ।। उक्त आयोजना माफर्त साबिकको पौँदी अमराई ५,६,७,८ त्यस्तै साबिककै नेटा ३,४ वडाका उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । गत वर्ष २०७६ माघदेखि आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको थियो ।

निस्तीखोलाको आडमा कालुङ्गा खोलाको मुलमा संकलन ट्याङ्की निर्माण गरिको बिद्युत जडान सम्पन्न भएसंगै लिफटिङ प्रविधिबाट माथि ३ ओटा ट्याङ्कीसम्म सोमबार परिक्षण पनि सफल भएको छ ।अब माथि ती ट्याङ्कीमा पानी तानेर वितरण ट्याङ्की मार्फत घरघरमा धारा निर्माण गरि पानी वितरणको काम गरिने उपभोक्ता समितिले जनाएको छ । उक्त क्षेत्रका बासिन्दाले खानेपानीको चरम अभाव झेल्दै आएका छन् । तर उक्त आयोजना सञ्चालनमा आएपछि भने स्थानीय जनतालाई खानेपानीको समस्याबाट मुक्ती मिल्ने स्थानीयको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित