बडिगाडमा ७ मा १५ जना भारतबाट आउँदै क्वारेन्टाईनमा राख्ने तयारी !

बडिगाडमा ७ मा १५ जना भारतबाट आउँदै क्वारेन्टाईनमा राख्ने तयारी !

Badigad Online
3 Min Read

बागलुङ । बडिगाड गाउँपालिका वडा.न. ७ वडा कार्यालयको आयोजनामा जनप्रतिनिधि, राजनितिक दल र संघसंस्थाका प्रमुखबिच सर्वदलिय एवं सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा वडा अध्यक्ष गुरुङले बैठकको प्रस्तावहरु प्रस्तुत गर्दै कोरोना भाईरसको रोकथामको लागि वडा कार्यालयले हालसम्म गरेको प्रयास भावि योजनाको विवरण प्रस्तुत गर्दै सबैलाई आ आफ्नो धारणा राख्न आग्रह गर्नुभएको थियो ।

बैठकमा उपस्थित सबैले धारणा व्यक्त गर्दै हालसम्म वडा कार्यालयको प्रयास प्रसंसनिय रहेको र आगामि दिनमा अझै सचेत रहि लकडाउनलाई थप व्यवस्थित गर्दै बिदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टाईनको व्यवस्था गर्न आग्रह गरेको अध्यक्ष गुरुङले बताउनुभएको छ । बैठकले गाउँपालिकासंग समन्वय गरि वडाको व्यक्तिहरुलाई अन्य वडामा क्वारेन्टाइनको व्यवस्था गर्ने र यश वडामा फरक वडाका व्यक्तिहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्ने निर्णय गरेको छ ।

साथै बैठकमा अध्यक्ष गुरुङले हिजो मात्रै भारतको दिल्लीबाट यश वडा भित्रका १५ जना व्यक्तिहरु नेपाल हिडेको जनाकारी पाउन साथ वडा कार्यालयले उनिहरुको अभिभावकलाई वडा कार्यालयमा बोलाई आवाश्यक छलफल गरि निजहरुको बसाईको लागि आवश्यक क्वारेन्टाइनको समेत व्यवस्था गरिएको जानकारी गराउँदै ढुक्क रहन आग्रह गर्नुभएको थियो । बैठकले लकडाउनलाई थप व्यवस्थित गर्ने भन्दै यो भन्दा पहिला व्यवस्था गरिएको वडा भित्रको १० वटा टोललाई १९ वटा टोलमा बिभाजन गरि प्रत्येक टोलमा १ जना संयोजक रहने गरि ५ सदस्यीय टोल समिती गठन गर्ने र वडा कार्यालय मार्फत टोल संयोजकलाई रु.२०० र सदस्यलाई रु.१०० को रिचार्ज कार्ड उपलब्ध बनाउने समेत निर्णय गरेको छ ।

साथै वडा भित्र सवारि साधन र मानिसहरुको आवतजावतमा समेत थप कडाइ गर्ने निर्णय भएको छ । बैठकको अन्त्यमा अध्यक्ष गुरुङले प्रत्येक टोलमा टोल डायरी, पसलमा पसल डायरी, स्वास्थ चौकि डायरि र मेडिकल डायरि अनिवार्य रुपमा व्यवस्था गर्न सबैमा अनुरोध गर्दै प्रत्येक टोललाई वडा कार्यालय मार्फत डायरी उपलब्ध बनाउने बताउनुभएको छ । बैठकमा सहभागी एक ब्यक्तिको जिज्ञासामा अध्यक्ष गुरुङले टोल डायरीमा टोल भित्र हुने मानिसहरुको आवतजावत तथा अन्य गतिविधिहरुको रेकर्ड राख्ने काम टोल संयाजकले गर्छ भने वडा भित्र रहेका सम्पूर्ण पसलहरु र मेडिकलहरुले आफ्नो पसलमा आएका सबैको बिवरण अनिवार्य राख्नुपर्ने बताउनुभएको थियो ।

बैठकको अन्तिममा अध्यक्ष गुरुङले कोरोना भाईरसबाट वडालाई बचाउनका लागि वडा कार्यालयले “कोरोना भाईरसबाट आफ्नो टोल आफै बचाउँ“ भन्ने नारालाई सार्थक बनाउँदै वडालाई कोरोना मूक्त वडा बनाउने अभियान रहेकोले सबैमा सहयोगको अपिल गर्दै बैठकको समापन गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित