मुसिकोट १ शुक्रवार देखि १ हप्ताका लागि सील गरिने !

मुसिकोट १ शुक्रवार देखि १ हप्ताका लागि सील गरिने !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका वडा नं १ लाई शुक्रवार देखि १ हत्ताका लागि सील गरिने भएको छ । वडाकार्यालयको विहिवार सम्पन्न बैठकले शुक्रवार देखि १ हप्ताका लागि सील गर्ने निर्णय गरेको कार्यवहाक वडाध्यक्ष गगां श्रेष्ठले जानकारी दिनुभएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सक्रंमण छिमेकी जिल्ला र छिमेकी पालिकाहरुमा पनि देखिएकाले कोरोना रोकथाम र नियन्त्रणका लागि सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले अन्य पालिकाहरु, जिल्ला, भारत लगायत तेश्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय समेत गरेको छ । जसका लागि सरस्वती माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयमा क्वारेन्टाईन निर्माण गरिएको बताईएको छ ।

साथै सोही बैठकले वडामा भित्रिएकाहरु र क्वारेन्टाईनमा बसेकाहरु तथा वडाका विभिन्न नाकाहरुमा आउने व्यक्तिहरुको शिक्षक, आमासमुह, क्लव, स्वयं सेविकाहरुको सहयोगमा स्वास्थ्य परिक्षण गर्ने र बाहिर जान रोक गर्ने निर्णय गरेको वडा कार्यालयका एम आई एस अपरेटर विष्णु फुल्लेलले जानकारी दिनुभएको छ ।

वडा भित्र मदिराको बेचविखन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय भएको र निर्णयलाई वेवास्ता गरी लापर्वाही गरेको खण्डमा सक्रंमण रोग ऐन बमोजिम कारबाही गर्ने र वडा कार्यालयबाट प्रदान हुने सेवा सुविधामा समेत बञ्चित गर्ने निर्णय भएको फुल्लेलले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित