वामी सेरामा कोरोना विपद व्यवस्थापन समिति गठन ।

वामी सेरामा कोरोना विपद व्यवस्थापन समिति गठन ।

Badigad Online
1 Min Read

सागर भण्डारी गुल्मी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा व्यवस्थापनका लागि मुसिकोट नगरपालिका वडा नं ७ सेरामा विपद व्यवस्थापन समितिको गठन गरिएको छ । नगरपालिकाको निर्देशन वमोजिम जनप्रतिनिधी ,शिक्षक, स्वयंसेविका एवम बुद्धिजीवीहरुको जनज्योति प्राथमिक विद्यालय सेरामा सामाजिक दुरी कायम गरी सम्पन्न एक भेलाले विद्यालयकी प्रधानाध्यापक सुमित्रा भण्डारीको सयोंजकत्वमा १७ सदस्यीय कोरोना विपद व्यवस्थापन समितिको गठन गरेको हो ।

जसको उपसयोंजकमा स्वास्थ्य स्वयंसेविका मायादेवी खराल रहनुभएको छ भने सदस्यहरुमा आमा समुहबाट नन्दकला खराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम खराल, जनप्रतिनिधिमा लक्ष्मण खराल, शिक्षाप्रेमी गजाधर सापकोटा, समाजसेवी जनकबहादुर थापा, तोयनाथ खराल, दल बहादुर थापा, सामुदायिक वनको तर्फबाट ताराकुमारी कुमाल र समाजसेवी मख्खन खत्री लगायत अन्य रहनुभएको छ ।

त्यस्तै शिक्षकहरु विष्णु प्रसाद आचार्य, ईन्दु सिहं ठकुरी , पवित्रा सापकोटा, मनिसा पन्थी खराल, सावित्री बुढाथोकी, गोमा खराल लगायत सदस्य रहनुभएको छ । भेलाले कोरोना रोकथामका लागि विभिन्न निर्णयहरु गरेको छ । जसमध्ये भारत वा अन्य देशबाट वडा भित्रिने सबैजनालाइ विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राख्ने, अन्य गाउपालिका वा जिल्लाबाट आउनेलाई होम क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरेको छ । त्यस्तै गठित समितिले टोलमा बाहिरबाट आएकाहरुको तथ्यांक संकलन गर्ने पनि बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित