सिमलचौरका आगलागी पीडित परिवारलाई रेडक्रस खर्वाङको राहत

सिमलचौरका आगलागी पीडित परिवारलाई रेडक्रस खर्वाङको राहत

Badigad Online
1 Min Read

कमल पौडेल, खर्वाङ । नेपाल रेडक्रस सोसाइटी दगातुन्डाडा उपशाखा खर्वाङले बुधवार आगलागिबाट घर नष्ट भएको परिवारलाई राहत वितरण गरेको छ। घरगोठ नै जलेर पूर्ण रुपमा नष्ट भएको बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर कि राधिका रानाको परिवारलाई एउटा त्रिपाल, १ बोरा चामल, २ केजि दाल, १ लिटर तेल र १ केजि नुन हस्तान्तरण गरिएको हो।

रेडक्रस उपशाखाका सभापति होमनाथ अर्याल, वडा अध्यक्ष ढाल प्रसाद शेरचन ले पिडित राधिका रानालाई राहत सामाग्रि हस्तान्तरण गर्नुभएको थियो। जेठ ७ गते राति भएको आगलागिबाट घरगोठ जल्दा २ लाख ४५ हजार बरावरको क्षती भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित