अनिष पाठक । बडिगाड अनलाईन लगायत विभिन्न संचार माध्यममा बडिगाड २ सिमलचौरमा भएको आगलागिको समाचार प्रकाशन एवम् प्रशारण भएपश्चात उक्त पिडित परिवारलाई सहयोग जुट्न थालेको छ । यसैविच शनिवार गलकोटको एक परोपकारी संस्था स्वयं सेवी समूह गलकोटले दिप ज्योति युवा परिवार बडिगाड २ को समन्वयमा राहत सामाग्री प्रदान गरेको छ ।
स्वयंसेवी समूह गलकोट ३ का संयोजक विष्णु रेग्मी र सदस्य पदम श्रेष्ठद्वारा ६० केजी चामल, एक एक थान बाल्टी, ओदान, दिउरी साथै एक एक पोका तेल चीनी, चिया पत्ती, मसला लगाएतका सामाग्री सहित २ हजार रकम समेत उक्त राधिका रानाको परिवारलाई प्रदान गरिएको दिप ज्योतिका कोषाध्यक्ष हरि चालिसेले जानकारी दिनुभएको छ । गत बुधबार राधिकाका श्रीमान सुरजले मदिरा सेवनगरी आफैले घरमा आगो लगाएका थिए ।
Badigad Online