कमल खरेल – हल्लैहल्ला र भुलभुलैयाको राजनैतिक धरातलमा उभिएर हामी नेपाली जिन्दावाद र मूर्दावादको नारा घन्काइरहेका छौँ । इतिहासका विभिन्न कालखण्डमा नेपालीहरुले सदासर्वदा विजय नै हाँसिल गरे तर विडम्वना प्राप्त केहि भएन । एउटा फ्याक्यौँ अर्को स्थापित ग¥यौँ, पुनः त्यसलाई विस्थापन ग¥यौँ नयाँ व्यवस्था स्थापित ग¥यौँ मानौ कि नेपाल एउटा तथाकथित प्रयोगशाला हो ।
जहाँ विभिन्न अदुरदर्शी प्रयोगहरु भइरहेका छन् । हाम्रा अग्रजहरुका क्रियाकलाप बाट अभ्यस्त भएर होला सायद हामी नेपाली नखाएको चिजलाई खाए जस्तो, नपाएको चिजलाई पाए जस्तो, नलाएको चिजलाई लाए जस्तो गरिरहेका छौँ । हाम्रो जस्तै धरातल भएका मूलुकहरु केही दशकमै आफ्नो मूलुकलाई कायापलट गरिसके, सम्वृदि तर्फ लागिसके तर हामी आजसम्म अझै विहान बुलुका छाक टार्न एक बोरा चामलको राहत वनाएर वितरण गर्दा नै आत्म सम्मान र गर्भ महसुस गरिरहेका छौँ । त्यतिमात्र कहाँ हो र वितरणमा संलग्नलाई देवत्वकरण गर्न दत्त चित्त भएर फेसबुकका वालहरु भरिरहेका छौँ ।
यो सवै परिस्थिति निर्माण गर्न हाम्रो नेतृत्व नै जिम्मेवार हो ! होइन हामी सबैै जिम्मेवार छौँ । अझ साच्चै भनौ भने मजदुर किसान वाहेक केहि पढेका, केहि जानेका हामी अल्पज्ञानी नै पार्टि र नेताका हनुुमान भयौँ । ठिक र बेठिक, सहि र गलत केहि भनेनौँ मात्र झण्डा, पार्टी र नेताको राम्रो ग्रह कुण्डली बनाउनै उद्धत भयौँ परिणम स्वरुप नेतृत्व सिर्जनशिल र दुरगामी हुन सकेन दिवा स्वप्नमै रमाउन पुगे । एउटा खेलमैदानमा राजनैतिक खेलाडीहरु स्वच्छ रुपमा मूलुकलाई अग्रपङ्तीमा उभ्याउनका लागि भिड्नु पर्नेमा झुण्ड झुण्ड भयौँ, टोलीको नेता भयौँ , बनायौँ । सिमित घेराबाट न त हामी स्वयम् नागरिक माथि उठ्न सक्यौँ, न हाम्रा भनाउँदा भाग्य निर्माता नै । हामी जुन पेशामा संलग्न छौँ, त्यसलाई धर्म नठानेर हर क्षण राजनैतिक आलोचनामा तल्लीन भयौ ।
कस्तो गजबको राजनिती भो कर्म भन्दा शब्द काफी ठान्यौँ । हिजो आजको खजना जुनसुकै मिडिया हे¥यो भने नी राष्ट्रियता ! राष्ट्रियता !! हिजो भारतले लगाएको नाकावन्दीका वेला कुनै पात्र अडान लिए भन्ने नारा भजायौँ उनलाई देवता बनायौँ । छिमेकी मूलुकले नाकावन्दी गर्दा हामी के गुमायौँ, यसबाट के असर प¥यौ र आगामी दिनमा यसबाट मुक्ति पाउन के, कहिले, कसरी गर्ने गराउने भन्ने केहि हद सम्म नी सोचेनौँ ।
यसको सिको गर्दै आज फेरी बोले पुग्दो रहेछ भनेर बोल्न थाल्यौँ । हाम्रो भूभाग आफ्नै स्वामित्वमा राख्न गर्नु पर्ने र खेल्नु पर्ने पहलकदमी र योजनाहरु के के हुन् । सिमासँग सम्वद्ध विज्ञहरु, राष्ट्रभक्त, राजनैतिक दलहरु बिच गम्भिर छलफल हुनुपर्ने र ठोस योजना तर्जुमा गर्नु पर्ने बेलामा सरकार नक्सा छापेर म नै हुँ एक यो राष्ट्रको सिमा रक्षक भन्ने दाउमा छ । प्रतिपक्ष हामी यो मुद्दामा पछि पर्छाैँ कि भनेर ठुलो ठुलो आवाजमा वकालत गरिरहेको छ ।
खै त आत्म देखि नै ठुला दल भनिएकाहरु एकै ठाम बसेर यत्रो गम्भिर विषयमाथि छलफल गरी एक नेपाल, हामी नेपाली भन्ने आसय बाट ठोस योजना निर्माण गर्न सकेको ? के नक्सा प्रकाशन र मिडियामा बोलेर मात्र गुमेको जमीन फिर्ता भयो वा होला ? यसको अलवा अरु कुटनैतिक पहल कदमी बढाउनु पर्छ भन्ने कुरामा नै गम्भिर भएको देखिदैन । केवल मिडियामा क्षणिक भाइरल हुनका निम्ति र क्षणिक लोकप्रियता प्राप्तीले मूलुकको संरक्षण गर्न सकिएला यी र यस्तै असंख्य प्रश्नहरु हाम्रो सामु खडा छन् ।तसर्थ यो समयमा समग्र नेपालीहरु आ आफ्नो ठाँउबाट एक ढिक्का भएर तँ र म नभनिकन हामी भन्ने भाव जागृत गर्दै राष्ट्रका निम्ति लड्नु पर्ने होइन र ?