बाग्लुङ । बडिगाड गाउँपालिकाको राहत कोषमा एक समाजसेवीले नगद सहयोग गर्नुभएको छ । निसा निमेश स्टोरका सञ्चालक, भानु माविका शिक्षक एवम् नेपाल रेडक्रस सोसाइटी बडिगाड ५ का सभापती बिष्णु प्रसाद आचार्यले बडिगाड बिपत व्यवस्थापन राहत कोषको लागि नगद रु दश हजारसहयोग गर्नुभएको छ ।
भारत बाट आएका व्याक्तिहरुलाइ निशुल्क पानी बिवरण र खाद्यान्न समेत सहयोग गर्ने उहाले बताउनुभयो । यो बिपतको बेला सम्पुर्णले सहयोग गर्नुपर्ने उहाले बताउनुभयो । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिङ पाइजालाई उक्त रकम आचार्यले हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम बुझ्दै अध्यक्ष पाईजाले बिपतको समयमा सहयोग गरेको भन्दै आभार व्यक्त गर्नुभएको थियो । भानु माविमा क्वारेन्टाइन वार्ड बनाएर राखिएका व्याक्तिहरुलाइ बिभिन्न व्यवस्थापन गर्न तत्पर रहेको र सहयोग गर्ने उहाको भनाइ छ ।
Badigad Online