पश्चिम बाग्लुङका ४ पालिका आज देखि सील !

पश्चिम बाग्लुङका ४ पालिका आज देखि सील !

Badigad Online
2 Min Read

बुर्तिबाङ । पश्चिम बाग्लुङ क्षेत्रका ४ वटा पालिका आज आईतबारबाट सिल भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका ,निसिखोला गाँउपालिका र तमानखोला गाउँपालिका आईतबारदेखि लागू हुनेगरि जेठ २० गतेसम्मका लागि सिल गरिएको हो ।

नेपाल सरकारले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि जारी गरेको लकडाउनलाई मध्यनजर गरि ४ वटै पालिकाका प्रमुख उपप्रमुख र ईलाका प्रहरी कार्यालयको प्रमुख लगायतको शनिवार बसेको बैठकल यस्तो निर्णय गरेको हो । बैठकले ४ वटै पालिकाका मुख्य सिमा नाकाहरु बन्द गर्ने , सञ्चालनमा रहेका खाद्यान्न पसलहरु पनि २० गते सम्मलाई बन्द गर्ने , निर्माण सामाग्री र बिरामि बोक्ने एम्बुलेन्स र गाडि बाहेक अन्य गाडि सञ्चालनमा रोक लगाउने , मर्णिङ वाकका नाममा हिड्ने लाई कारवाहि गर्ने लगायतका निर्णय गरेको छ ।

यसैबबिच ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले आफ्नो नगरबासिहरुलाई लकडाउन र सिलको अनुशासित रुपमा पालना गरि सचेत र संयमित रहने तर भयबित नहुन आग्रह गर्नुभएको छ । त्यस्तै इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश शिह भण्डारीले यस अवधिमा थप कडाई गरिने बताउनुभएको छ ।

उहाँले प्रहरीको आखा छलेर खोलामा माछा मार्ने ,मर्णिङ वाक जाने , र बिना काम यत्रतत्र हिडडुल गर्ने जस्ता कार्य अझै पनि गर्दै जाने हो भने भोलिका दिनमा ठुलै समस्या आउन सक्ने भन्दै आम नागरिकनै पनि थप सचेत हुन जरुरी रहेको बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित