मुसिकोट नगरले भारतमा रहेका नागरिकको उद्धार थाल्यो : ४ हजार माथि आउने अनुमान !

मुसिकोट नगरले भारतमा रहेका नागरिकको उद्धार थाल्यो : ४ हजार माथि आउने अनुमान !

Badigad Online
3 Min Read

विष्णु प्रसाद आचार्य, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले बन्दाबन्दीका कारण प्रभावित बनी स्वदेश आउन चाहानेहरुलाई नगरभित्र ल्याउन सुरु गरेको छ । भारतमा विभिन्न रोजगारी गर्दै आईरहेका र हाल बन्दाबन्दीका कारण रोजिरोटी गुमी दैनिक जीवन यापन गर्न समेत कठिनाई भएका नागरिकहरुलाई उद्धारको काम सुरु गरेको बताईएको छ ।

नगरभित्र स्थायी घर भई हाल भारतमा रहेका र गाउँ आउन इच्छुक नगरवासीलाइ ल्याउन पहल सुरु गरिएको हो । भारतमै रहेका र विभिन्न नाकामा आई अलपत्र परेका नागरिकहरुलाई समन्वय गरी गाडीको व्यवस्था गरी ल्याउनको लागि नगरभित्रका कर्मचारी र जनप्रतिनिधीहरु गरी विभिन्न १८ जनालाई सम्पर्क व्यक्ति तोकिएको छ । जसमा नगरप्रमुख सोमनाथ सापकोटा र उपप्रमुख कमला गौतमले आवश्यक समन्वय तथा सहजिकरण गर्ने मुसिकोट नगरपाकिाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीद्धारा हस्ताक्षर गरी प्रस्तुत गरिएको सुचनामा उल्लेख गरीएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भारतमा जोखिममा परेका र अलपत्र अवस्थामा रहैका मुसिकोटवासीहरुलाइ ल्याउनको लागि पहल थालिएको सुचनामा उल्लेख गरिएको छ । नगरपालिकाले बाटोमा आउदा सुरक्षाका उपायहरु अपनाउदै आउन आग्रह गर्दै भारतमा रोजगारी गर्दै आईरहेका र हाल बन्दाबन्दीले प्रभावित बनेकाहरुलाई नगरपालिकाको सम्बन्धित वडाका सम्पर्क व्यक्तिहरुसगं सम्पर्क गरेर नगरमा जानकारी गराएर मात्र आउन आग्रह पनि गरेको छ ।

बाटोमा कुनै समस्या नपरोस भन्नका लागि सम्बन्धित वडाकार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको बताईएको छ । नगरपालिकाले भारतबाट आउने सम्पुर्ण नागरिकलाई ९ वटै वडामा निर्माण गरिएका विभिन्न क्वारेन्टाइनमा राख्नको लागि तयारी थालेको छ । शनिबार नगरपालिकामा भित्रिएका १६ जनालाइ क्वारेन्टाइनमा राखिएको र आइतबार आउँदै गरेका ३७ जनालाइ पनि क्वारेन्टाइनमा राख्ने तयारी थालिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ ।

शनिबारदेखी सुरु गरिएको काम कोरोनाको प्रभाव रहुन्जेल समस्यामा परेका भारतमा रहेका मुसिकोटवासीलाइ निरन्तर उद्धारको लागि तयारी अवस्थामा रहेको सापकोटाले जानकारी दिनुभएको छ । भारतबाट यो समयमा झण्डै ४ हजार ५ सय भित्रिन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ । भारतबाट आउँदा उनीहरुले आफनै खर्चमा आउनुपर्ने र नगर भित्रिएपछि स्वास्थ्य चेकजाँच तथा खानबस्न सहितको क्वारेन्टाइन खर्च नगरपालिकालै व्यवस्था गर्ने बताइएको छ ।

क्वारेन्टाईनमा रहेकाहरुको व्यवस्थापनका लागि विभिन्न वडा र टोलहरुमा क्वारेन्टाईन व्यवस्थापन सगैं आवश्यक समन्वयका लागि कोरोना विपत व्यवस्थापन समिति निर्माण गरिएको र क्वारेन्टाईनमा रहेकाहरुको समय समयमा स्वास्थ्य परिक्षण गरिने नगरप्रमुख सापकोटाको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित