कमल पौडेल,बागलुङ । बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको प्रकोप व्यवस्थापन खातामा खर्वाङका सहकारी सहित सामाजिक संस्थाहरु र व्यवसायीहरुले सहयोग गरेका छन् । कोरोना प्रकोपका बेला गाउँपालिकाले भारत लगाएत विभिन्न क्षेत्रमा रहेका नागरिकलाई गरेको उद्धार र व्यवस्थापन प्रभावकारी बनाउन सवैले सहयोग गर्नुपर्ने समय भएको भन्दै सहयोग जम्मा गरेका हुन् ।
खर्वाङमा आयोजना गरिएका छुट्टा छुट्टै कार्यक्रममा गाउँपालिकाको राहत कोषमा जम्मा हुने गरि नगद सहित सहयोग गरेका हुन्। जस अन्तरगत दिदि वहिनि वचत तथा ऋण सहकारी संस्थाले २० हजार, महिला जागरण केन्द्र दगातुन्डाडा खर्वाङले २५ हजार, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाको तर्फवाट २५ हजार, मिलन व्यवसायीक कृषि सहकारीको तर्फवाट १० हजार नगद सहयोग भएको छ। रकम हस्तान्तरण गर्दै महिला जागरण केन्द्रका अध्यक्ष समेत रहनुभएकी, दिदि बहिनि वचत तथा ऋण सहकारी संस्थाका सचिव विना थापाले सानो सानो रकम सवैले सहयोग गरे ठूलो रकम हुने भन्दै पिडाको बेला मह्लम स्वरुप सहयोग गरेको बताउनु भएको थियो।
त्यस्तै नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक दुर्गा अर्यालले गाउँपालिकाको अभियानमा हामि पनि साथै छौं भन्ने सन्देशका साथ सहयोग गरिएको बताउनु भएको थियो। रकम बुझेपछि बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले गाउँपालिकाको अभियानमा साथ दिने सवै सहयोगी प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो। भने प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीले सहयोगी सवैको साथ रहेमात्रै कोरोना संकटबाट पार पाउन सकिने भन्दै पालिकाको तर्फवाट धन्यवाद व्यक्त गर्नुभएको थियो।
सो रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु प्रसाद भुसाल, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदी, वडा अध्यक्ष ढाल प्रसाद शेरचन, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्याल, मिलन व्यवसायीक कृषि सहकारीका अध्यक्ष दिन बहादुर केसि लगाएतको सहभागिता रहेको थियो। त्यस्तै खर्वाङका व्यवसायीहरुले पनि गाउँपालिकाको अभियानमा सहयोग गर्ने घोषणा गरेका छन् ।
गाउँपालिकाले भारत लगाएतका देशवाट गाउँपालिका आएका नागरिकलाई राम्रो व्यवस्थापन गरेको भन्दै खर्वाङका व्यवसायीहरु खगिश्वर अर्याल, बाबुराम जिसि, हर्क कार्कि, विक्रम परियारले त्रिभुवन मावि क्वारेन्टाइनमा १/१ दिनको सम्पूर्ण खाना खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ। त्यस्तै खर्वाङ हाँडिखोला व्यवसायी समुह, खर्वाङ होटल व्यवसायी समिति र संगम आमा समुहले पनि १/१ दिनको खाना खर्च व्यहोर्ने भएको छ। हाल त्रिभुवन नमुना माविको क्वारेन्टाइनमा भारतवाट आएका ५५ जनालाई राखिएको छ।
गाउँपालिकाको अभियानमा साथ दिँदै यस अघि सनिवार राहत घोषणा गर्नुभएका वडा नं. ५ का व्यवसायि विष्णु प्रसाद आचार्यले नगद १० हजार गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको छ। पालिका कार्यालयमै नगद हस्तान्तरण गर्नुभएका आचार्यले थप २ बोरा जिरा मसिनो चामल सहयोग गर्ने र आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भएको छ। यसै विच रोटरी क्लव अफ बुर्तिवाङ ढोरपाटनको तर्फवाट बडिगाड गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ ।
पिपिइ ४ सेट, ग्लोव्स, मास्क, सेनिटाइजर, साबुन, औषधि हस्तान्तरण गरको हो। संस्थाको तर्फवाट प्रोजेक्ट सर्भिस शेयर विना थापा र प्रेम कुँवरले सो सामाग्रि पालिका अध्यक्ष मेहरसिंह पाइजालाई हस्तान्तरण गर्नुभएको थियो।