सरकार ,प्रतिपक्ष, कारोना र सिमा !

सरकार ,प्रतिपक्ष, कारोना र सिमा !

Badigad Online
5 Min Read

-योगेन्द्र खरेल । खै आजकल खुलेर बोल्ने जमना नै हराएको हो कि जस्तो लाग्छ । तर लागको कुरा बोल्नै पर्याे । अहिलेको मुख्य चर्चा नै सरकार , प्रतिपझ, कारोना र सिमा बिबाद नै छ । बिचरा ५ बर्षको लागि जनताबाट फेलर भएको प्रतिपझको बारे के बोल्नु जुन आफैमा बिचरा छ, बोल्नुपर्ने हाम्रोे सरकारको बारे हो तर अहिले नेपालमा हाम्रो सरकार नै छैन । देशको सरकार सिमित घेरा भित्र छ ,त्यसबाट केही आशा गरेर गुनासो गर्याे कि अरिङ्गालबाट बिष बमन गर्न तयार हुनुपर्दछ ।

प्रजातन्त्र को नाममा काङ्ग्रेस ले लामो समय सत्ताको नेत्तृत्व गर्याे तर जनताको हितमा उल्लेख्य काम गर्न सकेन । सायद ,त्यसैले गत निर्वाचनमा जनता बाट राज्य चलाउन अयोग्य ठहरियो । अब यसले काम गर्याे गरेन भन्ने बहस गौण रह्यो किनकि यसको सबै हिसाबकिताब निर्वाचन मार्फत प्रष्ट पारि दिए ।  सरकारको जिम्मा जनताले जसलाई दिए ,त्यसले के कति र कस्ता काम गर्याे भन्ने बहस गर्नुपर्ने होला । मेरो बुझाई मा नियमित काम बाहेक उल्लेख्य काम गरेको देखिदैन । सरकार चाहिने भन्दा नचाहिने काममा हात हाल्ने र पार्टी भित्रै बिबादित हुने तिर अग्रसर छ । सायद देशमा प्रतिपझ नभएर होला पार्टी भित्रै प्रतिपझ देखिनुपरेको ।

कारोनाको सङ्क्रमण बिश्वब्यापी फैलिएपछि ,सरकारले हतार हतार लकडाउन त गर्याे तर बिना तयारि शुरु गरेको लकडाउन अहिले निल्नु न ओकेल्नु भयो । सरकारले द्रुत गतिमा आबश्यक तयारि गरि लकडाउन गरेको भए अहिले सम्म सहज जीवन शुरु हुन थाल्यो होला । हामी भन्दा ढिला लकडाउन गरेका देशहरुले देशहरु द्रुतगतिमा परिक्षण तथा उपचार गरेकै कारण बिस्तारै दैनिकि सहज बनाउन तिर लागेका छन् । तर हाम्रो सरकार परिक्षण नै नगरि नेपाल कोरोना सङ्क्रमित सङ्ख्या नरहेको र सरकारको पुर्ण सफल भयो भन्दै फलाक्दैमा ब्यस्त छ । अहिले सम्म यो कुरामा सरकार गम्भीर रहेनछ भन्ने कुरा पछिल्ला तथ्यांक हरुले पुष्टि गर्दछन ।

डब्लुएजओले उच्च जोखिम क्षेत्र घोषण गरेपछि , लकडाउन को नाममा जनता घरघरमा र सरकार सिङ्हदरबारमा कानमा तेल हालेर सुतकै कारण पछिल्लो परिस्थिति सृजना भएको कुरामा कसैको दुइमत छैन । सरकारको प्रभावकारी कामको अभावले लकडाउन लम्बिरहने र आर्थिक अवस्था पनि चौपट हुने देखिन्छ । दशकौ अघिको सिमा बिबादले यहि समयमा उग्ररूप लिएको छ । ईतिहास हेर्दा नेपाली भुमि भारतलाई केही समयको लागि प्रयोग गर्नदिएको र बिस्तारै बिस्तारै भुमि भारतले कब्जा गरेको देखिन्छ । यो मुद्दा पेचिलो हुँदै गर्दा, नेताहरु ले हिरोईजम हुने प्लेटफर्म का रुपमा यहि मुद्दालाइ प्रयोग गरिरहेको देखिन्छ न कि समधान मा ।

पछिल्लो पटकको नाकाबन्दी बाट ,बोलेरै राष्ट्रबादि भईन्छ भन्ने जुन मान्यता स्थापित गर्याै । त्यसैलाई नेताहरुले पछ्याईरहेका छन र हामी हनुमानहरु उनिहरुको खुलेरै हनुमानगिरि गरिरहेको कुरा सामाजिक सन्जालमा छरपस्ट देख्नपाइन्छ । सरकारले नेपालको नया नक्सा सार्वजनिक गर्याे जुन राम्रो गर्याे भन्ने कुरा कोहीँ चिच्याएर वा कोहि नबोलेर समर्थन गरिरहेका छन । राम्रो काम सधै राम्रो नै हुन्छ । तर यो विषम परिस्थितिमा सरकारले भारत सङ्ग कुटनितिक पहल तिर लाग्ला । नया नक्सा सहित भारतिय नेताहरुलाई खबरदारि गर्नु पर्नेमा त देउसीभैलो टोलि जस्तै नेपालका नेताहरुको घरघर नक्सा बाढ्दै हिडिरहेको छ सरकार , नेपाल सरकारले प्रकाशित गरेको नक्सा नेपाली नेताहरुको घरघर लगेर छोडनु नै समस्याको समाधान होला त ।

अर्कोतिर युद्ध बाटै भुमि लिएझै गरि , प्रभावशाली मन्त्रीले नै नक्सा प्रकाशित गरेको कुरा हाजिरी जवाफको प्रश्न बनाउनुपर्छ भन्नुले सरकार यो मुद्दामा कति संवेदनशिल छ भन्ने देखिन्छ । नेताहरुका पछिल्ला अभिब्यक्ति हेर्दा यो मुद्दामा ठोस र सार्थक परिणाम दिनेतिर भन्दा, बोलेरै राष्ट्रवादी हुने होडबाजिमै मस्त र ब्यस्त देखिन्छ सरकार प्रतिपक्ष । जुन देशकालागथि घातक हुन्छ । कडा बोलेको भरमै राष्ट्रबादि भइन्छ काम गर्नु पर्दैन भन्ने मानसिकता बाट ग्रसित नेताहरु बाट यो मुद्दा मा आजको दिनसम्म जती भयो त्यत्ति नै हो ,यो भन्दा बढि प्रगति होला जस्तो देखिदैन् ।

नेताहरुका यी रबैयाहरु हेर्दा लाग्छ यो भुमि भारतिय कब्जा बाट छुटाउलान जस्तो देखिदैन । यो बेला देशका सबै नागरिक एकजुट भइ भारतिय हेपाहा र मिचाहा प्रबृत्ति विरुद्ध लडेनौ भने , बिस्तारै बिस्तारै सिमानामा रहेका बाकि भुभागहरुमा कब्जा गर्न शुरु गर्नेछ । अब आम नागरिकले, बोलिले होईन व्यवहारले देखाउ तिम्रो राष्ट्रियता भनेर नेतालाइ झकझकाउनु पर्ने हुन्छ । बोलि बिक्ने होइन काम बिक्ने परिपाटि राजनितिमा स्थापित गर्न सकेनौ भने, हाम्रा नेताहरु सुध्रने छैनन । यिनिहरुलाई सुधार्नुको बिकल्प छैन । सुधार्ने तपाईं हामिले हो । पुर्खाले बलिदानिका साथ आर्जेको भुमि हाम्रो हो, भारतिय हेपाहा प्रबृत्ति मुर्दाबाद !

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित