जीवन पाण्डे,बाग्लुङ । बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको कोरोना विपद व्यवस्थापन राहत कोषमा स्थानीय एक व्यक्तिले सहयोग गर्नुभएको छ । गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा व्यवस्थापन र अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ ।
सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ । उक्त राहत कोषमा बडिगाड गाउँपालिका वडा नं ८ स्थायी घर भई हाल रोजगारीका लागि कतारमा रहनुभएका प्रेम श्रीसले नगद रु २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उक्त सहयोग रकम ग्लोबल आईएमी बैकंमा श्रीसले पठाउनुभएको कोरोना व्यवस्थापन द्रुत समिति सदस्य राजन पाईजाले जानकारी दिनुभएको छ ।
रकम सहयोग गरेकोका पाईजाले सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले यो विषम परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि बताउनुभयो ।
Badigad Online